site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विकासका लागि अब ‘आउट अफ द बक्स’मा सोच्नुपर्छ : उद्योगी बतास
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योगी आनन्द बतासले देश राजनीतिक चेतनाको विकास र अधिकारको कुरामा अगाडि रहे पनि समाजको विकास, व्यावसायिकता, इमानदारिता, सकारात्मक सोचलगायतमा पछि परेको बताएका छन् ।

पूर्वमन्त्री दिवंगत रवीन्द्र अधिकारीको ५२औँ जन्मदिनको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले विकासको सन्दर्भमा ‘आउट अफ द बक्स’मा गएर सोच्नुपर्ने बेला आएको बताए । “विगत ५० वर्षमा विकासका लागि राजनीतिक वर्गले जे भाषणा गरे, अब त्योभन्दा फरक भएर सोच्नुपर्ने बेला आएको छ,” उनले भने ।

सामाजिक सञ्जाल, पत्रपत्रिका हेर्दा हाम्रो बहुसंख्यक समाज राम्रो कामको स्वागतभन्दा सस्तो लोकप्रियताको समर्थनमा देखिएको उनले बताए । “समाजको बौद्धिक विकास, सकारात्मक सोचको विकासमा हामी हराउँदै गएका हौँ कि भन्ने महसुस भइरहेको छ,” उनले भने ।

Agni Group

देशको विकासको लागि पर्यटन, ऊर्जा, कृषि, जडीबुटी वा अन्य विषयमा कुरा गर्न कुनै राजनीतिज्ञले नछुटाएको तर विकासका लागि उचित वातावरण अझै बन्न नसकेको उनले बताए । जलविद्युत् क्षेत्रमा लगानीकर्ताले पाएको दुःखको स्मरण गर्दै उनले कुनै योजना लिएर गाउँमा जाँदा त्यहाँ लगानीकर्तालाई निरुत्साहित गर्ने, कसरी दुःख दिन सकिन्छ, कसरी छुट्न सकिन्छ भन्ने ग्रसित मानसिकता देखाइने गरेको सुनाए । “यस्तो अवस्थामा पनि व्यवसायी जलविद्युत् क्षेत्रमा लगानी गर्दै सफलता हासिल गरिरहेका छन्,” उनले भने ।

निजी क्षेत्रको लगानीबाट ७५० मेगावाट राष्ट्रिय ग्रीडमा जोडिसकेको र आउँदो दुई वर्षभित्रमा १५ सय मेगावाट राष्ट्रिय ग्रीडमा जोडिने उनले बताए । “यो पनि देशको विकासमा निजी लगानीकर्ताले गरेको योगदान हो भन्ने कुरामा पछि पर्न हुँदैन । तर, दुर्भाग्य ! जलविद्युत्मा लगानी गर्नु भनेको सायदै माओवादीको १२ वर्षे द्वन्द्वभन्दा सजिलो छैन,” उनले बताए ।

Global Ime bank

पर्यटन समृद्धिको आधार बन्न सक्ने भए पनि त्यसो हुन नसकिरहेको उनले बताए । “पर्यटन समृद्धिको आधार पक्कै बन्न सक्छ । तर, दुर्भाग्य ! कस्तुरी बिना कस्तुरी दौडिरहेको जस्तो भइरहेको छ,” उनले भने ।

उनले भारत र चीन दुई ठूला देशबाट मात्रै वार्षिक एक करोड बढी पर्यटक भित्र्याउन सकिने बताए । “यी दुई देशका जनसंख्याको ०.५ प्रतिशत पर्यटक मात्रै ल्याउन सक्ने हो भने आगामी तीन वर्षमा बन्ने होेटेल मात्रै होइन, हरेक नागरिकको घरमा पनि राखेर सक्दैनौँ,” उनले भने, “अहिले ११/१२ लाख पर्यटकमै मख्ख परेर बसिरहेका छौँ ।”

उनले पर्यटनलाई भौतिक पूर्वाधारसँग मात्रै जोडेर कुरा गर्ने गरिएको भन्दै आफ्नो असहमति जनाए । “पर्यटनमा भौतिक पूर्वाधार नचाहिने भन्ने होइन । तर, हाम्रो संस्कृति, परम्परा, हिमशृंखलालाई नै बेच्नुपर्छ,” उनले भने । उनले गुणस्तरीय पर्यटकभन्दा पर्यटकको संख्या बढी प्राथमिकता दिइएको भन्दै त्यसो गर्न नहुने बताए । पर्यटकको संख्या नभई उसले गर्ने खर्चलाई हेर्नुपर्ने उनको भनाइ छ । “२० लाख पर्यटक होइन, पाँच लाख नै आओस् । तर, धेरै खर्च गर्ने, गुणस्तरको पर्यटक रोजौँ । छिमेकी देश भुटानबाटै त्यो सिक्न सक्छौँ,” उनले भने ।

धनी बन्ने सोचले नै मान्छेलाई समृद्धिमा पुर्‍याउने भन्दै उनले दिवंगत रवीन्द्र अधिकारीको भनाइ स्मरण गर्दै भने, “देशले सही नेतृत्व पाउने हो भने हजारौँ उद्योगी–व्यवसायीले लाखौँलाई रोजगारी दिनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC