site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खरिपाटी तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९ बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।

सरकारले गत वर्ष कोरोनाभाइरसको संक्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टिन बनाएर १४ दिनसम्म राखेको थियो ।

Agni Group

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

शाक्यकाअनुसार प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

Global Ime bank

“तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १३३ वटा बेडहरु राख्न सकिन्छ । गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ,” उनले भने, “तालिम केन्द्रमा सीसीटीभी पनि जडान गरिएको छ । बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिन्डरसमेत राख्न सकिन्छ । आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालु अवस्थामा छ ।”

प्राधिकरणका अनुसार तालिम केन्द्रमा रहेको भवन नम्बर–१ मा २६ कोठा छन् । त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नम्बर–२ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन्, त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका तीन कोठामा तीनवटा वेड राख्न सकिन्छ ।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली
प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । कार्यकारी निर्देशक शाक्यले बत्ती गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए ।

“विद्युत् वितरण केन्द्रहरुलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौँ । केन्द्रहरुले आफू मातहत रहेका अक्सिजन उद्योगहरुलाई सोहीअनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC