site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोरिन्होलाई पूर्वक्लबविरुद्ध पुनरागमन गर्ने मौका  
तस्बिर : दी टाइम्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोपियन लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (बिहीबार) इटालियन क्लब एएस रोमा र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।

रोमाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा हुनेछ । युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेगमा रोमाले लज्जास्पद हार व्यहोरेको थियो । रोमा युनाइटेडसँग ६–२ ले पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो लेगमा पराजित भएको रोमाले आफ्नो मुख्य प्रशिक्षक पाउलो फोनस्कालाई बर्खास्त गरेको थियो । रोमाले आफ्नो मुख्य प्रशिक्षकमा जोसे मोरिन्होलाई नियुक्त गरिसकेको छ । मोरिन्हो युनाइटेडका पूर्वप्रशिक्षक हुन् । युनाइटेडले खराब प्रदर्शन गरेपछि मोरिन्होलाई बर्खास्त गरेको थियो । 

त्यसपछि प्रिमियर लिग क्लब टोटेनहममा प्रशिक्षकको भूमिकामा गएका मोरिन्होलाई टोटेनहमले पनि बर्खास्त गरेको थियो । उनले इटालियन क्लब इन्टर मिलानमा प्रशिक्षकत्व गरिसकेका छन् ।

Global Ime bank

यो सिजनको अन्त्य उपाधिका साथ गर्ने मोरिन्होसामु मौका छ । तर, ६–२ गोलको अन्तरमा जित निकाल्नुपर्ने चुनौती छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC