site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनएसएलमा आज दुई खेल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज दुई खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र बुटवलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा जित निकाल्दै ललितपुर प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ । ललितपुर चार खेलबाट ३ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । बुटवल आजको खेलमा विजयी भए दोस्रो स्थानमा उक्लनेछ । बुटवल चार खेलबाट ५ अंक जोडेर चौथो स्थानमा छ ।

आज नै हुने अर्काे खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

Global Ime bank

विराटनगर चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ७ अंक नै जोडेको काठमाडौं तेस्रो स्थानमा छ । दुईमध्ये आज कुनै टोली विजयी भए उक्त टोलीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC