site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निषेधाज्ञामा सरकारले तोकेका मापदण्डमा रहेर काम ग‍‍‍र्न कठिन भयाे : निर्माण व्यवसायी
Sarbottam CementSarbottam Cement

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डकाे पालना गरेर निर्माण कार्य संचालन गर्न अत्यन्त कठिन भएको जनाएको छ ।

महासंघकाअनुसार विशुद्ध रुपमा निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ ठाउँमा रोक्न लगाइएको छ भने सहज रुपमा पास समेत उपलब्ध नगराइएको महासंघले जनाएको छ । त्यस्तै निर्माण सामाग्रीका केही उद्योगहरू खुलेता पनि तिनका डिलर, वितरक पसलहरू बन्द रहेकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको महासंघले जनाएको छ । निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामाग्रीहरूमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित् आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएता पनि श्रमीकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ ।

सडक, सिचाईका कार्यहरु तोकिएकै सिमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा सङ्क्रमण फैलने डरले विशेष गरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकोले निर्माण कार्य गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ । कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासंघलाई प्राप्त भएको पनि जनाइएको छ ।

Global Ime bank

यस विषम परिस्थितिमा अब म्याद नथप्ने नियतले काम गर्नु भने पनि व्यवहारिक रुपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र संचालन गरी अन्य सम्पूर्ण कार्यहरूको लागि शुन्य समय (कन्स्ट्रक्शन होलिडे) को रुपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासंघको सुझाव रहेको र सबै परियोजनाहरूमा म्याद थपको कुनै विकल्प नभएको महासंघको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC