site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानको 'प्रोपोगान्डा' : सार्वजनिक गर्‍यो अमेरिकी संसद् ध्वस्त गरेको यस्तो भिडियो
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकसँग परमाणु सम्झौताको विषयमा वार्ता गर्ने विषयमा छलफल भइरहँदा इरानी सेनाले अमेरिकी संसद् भवन ध्वस्त गरेको भिडियो सार्वजनिक गरेको छ ।

इस्लामिक रिपब्लिक्स रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले आइतबार सरकारी टेलिभिजनबाट 'प्रोपोगान्डा' गर्दै यस्तो भिडियो सार्वजनिक गरेको डेली मेलले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोको सुरुमा आईआरजीसी सेना मार्चिङ गरिरहेको देखिन्छ । त्यसपछि कुनै अज्ञात स्थलमा मिसाइल प्रक्षेपण गरिएको र अमेरिकी संसद् भवन जलिरहेको देखिन्छ । भिडियोको अर्को दृष्यमा इरानी सेना जेरुसेलमतर्फ अघि बढेको देखिन्छ ।

इरान र अमेरिकाबीच परमाणु सम्झौताका विषयमा वार्ता हुने समाचार बाहिरिइरहेका बेला इरानले यस्तो भिडियो सार्वजनिक गरेको हो । भिडियोको पृष्ठभूमिमा बजेको गीत इरानी राष्ट्रगान रहेको टोनी ब्लेयर इन्स्टिच्युटका विश्लेषक कसरा अरबीले बताए ।

Global Ime bank

उनका अनुसार गीतका शब्दमा अमेरिकी संसद्लाई ‘उत्पीडनको दरबार’सँग तुलना गरिएको र जेरुसेलमलाई इरानले स्वतन्त्र बनाउने बताइएको छ । सन् १९७९ को इस्लामिक रिभोलुसनपश्चात इरानले इजरायललाई आफ्नो शत्रु मान्दै आएको छ ।

भिडियोमा प्रतिक्रिया जनाउँदै रिपब्लिकन सांसद् प्याट टुमीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध कायम राख्न माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC