site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सफलतासँगै जिम्मेवारी पनि थपिँदै छ : कुशल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुशल भुर्तेल पछिल्लो समय चर्चामा छन् । लामो समय घरेलु क्रिकेटमा बेग्लै पहिचान बनाएका कुशलले नेपाली राष्ट्रिय टोलीमा डेब्युमै चमत्कार देखाए ।

हालै सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरे । अहिले क्रिकेटमा उठ्ने ब्याटिङको एक उदाहरण बन्न सफल भएका छन्, कुशल ।

कुशल विश्व क्रिकेटको सर्वाेच्च निकाय आईसीसीले सार्वजनिक गरेको ‘प्लेअर आफ दी मन्थ’को मनोनयनमा समेत परेका छन् । यसअघि, आईसीसीले टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयता निकाल्दा उनी ६१औँ स्थानमा उक्लिएका थिए । त्यसअघि, उनी आईसीसीको वरीयतामा ९९औँ स्थानमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिवि अन्तर्राष्ट्रि क्रिकेट मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा गरेको उत्कृष्ट प्रदर्शका कारण नै उनलाई यो सफलता मिलेको हो । डेब्यु खेलमा नै अर्धशतक प्रहार गरेर चर्चा बटुलेका उनी त्यसपछिका दुई खेलमा पनि अर्धशतक प्रहार गर्दै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाउने विश्व क्रिकेटको पहिलो खेलाडी बने ।

पहिलो सिरिजमा नै मिलेको सफलता र विश्व वरीयता तथा मनोनयनमा पर्दा आफूमाथि झनै जिम्मेवारी थपिएको महसुस भएको उनले बताए । “क्रिकेट करियरको सुरुवातमा नै मनोनयनमा पर्दा धेरै खुसी छु । खुसीसँगै जिम्मेवारी थपिएको पनि महसुस भएको छ । जति–जति सफलता मिल्छ, त्यति नै जिम्मेवारी थपिदै जाने रै’छ,” कुशलले बाह्रखरीसँग भने ।

Global Ime bank

१७ अप्रिलमा डेब्यु गरेका कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रनमा अवजित रहेका उनले तेस्रो खेलमा पुनः नेदरल्यान्ड्विरुद्ध ६२ रनको योगदान गरे ।

यसअघि, नेपालको ओपनिङ ब्याटिङमा समस्या देखिँदै आएको थियो । कुशलले आसिफ शेखसँगै मिलेर त्यस समस्याको समधान पनि देखाइदिए । कुशल र आसिफले ओपनिङमा नयाँ जोडीको रुपमा नेपाली क्रिकेटमा ठाउँ बनाइसकेका छन् ।

क्रिकेट करियरमा अझै धेरै कुरा गर्न बाँकी रहेको उनी बताउँछन् । “अन्तर्राष्ट्रिय क्रिकेट करियर भर्खरै मात्र सुरुवात भएको छ । देशका लागि र क्रिकेटका लागि धेरै कुरा गर्न बाँकी छ । यस्तो खुसीहरू अझै दिलाउने मेरो लक्ष्य छ । सुरुवातमा नै मिलेको सफलताले आगामी दिनमा खेल्न हौसला त मिल्छ । यही सफलतालाई साथमा राखेर उत्कृष्ट प्रदर्शन गर्ने मेरो लक्ष्य छ,” उनले भने ।

नेपाली क्रिकेटमा कुशललाई ‘क्लासिक रन–मेसिन’ संज्ञा दिन थालिएको छ । दायाँहाते ब्याट्सम्यान कुशलले पछिल्लो पाँच खेलमा २७८ रन बनाए । उनको औसत ६९.५ छ भने स्ट्राइक रेट १४०.४ छ ।

कुशल आक्रामक मात्रै छैनन्, बीच–बीचमा रन चोर्न पनि माहिर छन । उनलाई नेपाली क्रिकेटको भविष्यको रुपमा हेर्न थालिएको छ । यसअघि, घरेलु प्रतियोगितामा निरन्तर खेल्दै आएका कुशलको प्रदर्शनबाट प्रशिक्षक, कप्तान र नेपाली क्रिकेट समर्थक उत्साहित देखिएका छन् ।

कुशलले हालसम्म लिस्ट ‘ए’का तीन खेलमा ३९ रन बनाएका छन् । कुशलले देखाएको पछिल्लो प्रदर्शनले नेपाली टोलीलाई ठूलो राहत दिएको छ ।

“नेपाली क्रिकेटले आफूबाट चाहेको प्रदर्शन दिन सकियोस् भन्ने मात्र छ । मिहिनेत गरेको थिएँ, सफलता मिल्दै छ । सबैतिरबाट आएको हौसला नै मेरो लागि अघिल्लो खेलमा राम्रो प्रदर्शन गर्ने चुनौतीका साथै अवसर पनि हो र म गरेर पनि देखाउनेछु,” कुशलले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC