site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संक्रमित बढेपछि झापा र सुनसरीमा पूर्ण निषेधाज्ञा
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना संक्रमण बढ्न थालेपछि झापा र सुनसरीमा पूर्ण निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको दोस्रो लहर बढेर संक्रमित थपिन थालेपछि पूर्ण निषेधाज्ञा जारी गरेको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय झापाले पनि पूर्ण निषेधाज्ञा लगाएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले वैशाख ३१ गते सम्मको लागि पूर्ण निषेधाज्ञा जारी गरेको हो । सुनसरीमा ५ सयभन्दा धेरै संक्रिय संक्रमित छन् । यसैगरी ९ जनाको मृत्यु भइसकेको जन स्वास्थ्य कार्यालयले जनाएको छ । प्रशासनले जोर/बिजोर प्रणालीबाट सञ्चालन हुँदै आएको सार्वजनिक तथा निजी यातायात बन्द गरिएको छ । अब अत्यावश्यक बस्तुका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

झापा प्रशासनले कोरोना भाइरसको फैलावट रोक्न र चेन बे्रक गर्न पूर्ण निषेधाज्ञा लगाएको छ । बुधबार राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी हुनेछ । झापामा आइतबार रातिदेखि आंशिक निषेधाज्ञा जारी भएको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सर्वसाधारण आफै सचेत हुनुपर्ने र सरकारीले जारी गरेको नियमको पालना गर्नुपर्ने बताएका छन् । झापामा वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण निषेधाज्ञा लागु हुनेछ । अब पसल बजार, यातायात पूर्ण रुपमा बन्द हुनेछन् । झापामा संक्रमितको संख्या सात सय नाघिसकेको छ । 

निषेधाज्ञाको उलंघन गर्ने व्यक्तिलाई संक्रमण ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC