बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ट्रम्पले सुरु गरे आफ्नो छुट्टै सञ्चार प्लाटफर्म
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २२, २०७८
Laxmi Bank
Laxmi Bank

वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छुट्टै सञ्चार प्लाटफर्म सुरु गरेका छन् । फेसबुक, ट्विटर र युट्युबले निषेधात्मक कारबाही गरेपछि ट्रम्पले आफ्नो छुट्टै वेबसाइट सुरु गरेका बीबीसीले जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा दोषी ठहर गर्दै ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले उनको खाता अस्थायी रुपमा बन्द गरिदिएको थियो ।

Duber nepal

Agani Group

जनवरी ६ मा भएको उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा आफ्ना समर्थकलाई उत्तेजित गर्ने खालका अभिव्यक्ति दिएर हिंसा भड्काएको आरोप लागेको थियो ।

ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ट्रम्पको आफ्नै नयाँ सामाजिक सञ्जाल विकास गरिने बताउँदै आएका थिए । तर, मंगलबार उनले ट्विट गर्दै लन्च गरिएको वेबसाइट सामाजिक सञ्जाल नभएको बताएका छन् । “यस विषयमा थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिनेछ,” उनले लेखेका छन् । नयाँ साइटको धेरै पोस्टहरुमा गत वर्षको निर्वाचनमा धाँधली भएको दाबी दोहोर्‍याइएको छ ।

ट्रम्पमाथि अस्थायी रोक लगाएको फेसबुकले उनलाई सधैँका लागि प्रतिबन्ध लगाउने वा प्रतिबन्ध हटाउने भन्ने विषयमा छिट्टै निर्णय लिने तयारी गरेको छ । यसैगरी, युट्युबले वास्तविक हिंसाको खतरा कम भएपछि प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।

ट्विटरले भने उनको खाता स्थायी रुपमा हटाइदिएको छ । ट्विटरमा उनलाई आठ करोड ८० लाख बढीले फलो गरेका थिए ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २२, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्