site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
प्रदेश १ मा ६११ काेराेना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

विराटनगर ।  प्रदेश १ मा ६११ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा २५५ महिला र ३५६ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र  धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६ जनामा सङ्क्रमण देखिएकाे हाे ।

यस्तै विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC