site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘अत्यावश्यकसहित ६० प्रतिशत उद्योग सञ्चालनमा छ’  
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

अहिले देशका धेरै जिल्लामा निषेधाज्ञा छ । सहरमा भएका उद्योग–कलकारखाना मापदण्ड पूरा गरेर चलाउन अनुमति दिइएको छ । देशभर रहेका उद्योगको व्यवस्थापन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गर्दै आएको छ । औद्योगिक क्षेत्रमा सरकारको प्रतिनिधि हो, लिमिटेड ।

अहिले औद्योगिक क्षेत्रभित्रका उद्योगको अवस्था कस्तो छ ? कसरी चलेका छन् ? लगायत विषयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसँग गरिएको कुराकानीको अंश :

अहिले बन्दाबन्दीको अवस्था छ । कोरोनाको जोखिम झन् बढ्दै छ । देशभरका उद्योग कसरी चलेका छन् ? के छ अवस्था ?
विभिन्न जिल्लामा कोरोनाको स्थिति हेरेर नेपाल सरकारले गरेको निषेधाज्ञा बढीजसो तराईका जिल्लामा पर्‍यो । औद्योगिक करिडोर तराईमै बढी छन् । त्यहाँ पनि सीमित उद्योगहरु मात्र चलेको अभिलेख हामीसँग छ । विशेषगरी औद्योगिक क्षेत्रको नियमन अहिले हामीले गरिरहेका छौँ । औद्योगिक क्षेत्र लिमिटेड सरकारी संस्था हो । यसको जिम्मेवारी बढी छ । मुलुकलाई र नागरिकलाई अप्ठ्यारो परेका बेला कसरी उत्पादन तथा व्यवस्थापन गर्न सकिन्छ भन्नेमा बढी चिन्ता हुन्छ, हामीलाई ।

Agni Group

नेपाल सरकारले खोलेको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई कसरी सञ्चालन गर्ने र यी  उद्योगलाई कोरोनामा कसरी जोगाउने तथा मुलुकलाई परेको अफ्ठ्यारो कसरी सहजीकरण गर्न सकिन्छ भनेर पनि हामी लागिपरेका छौँ । जस्तो, अहिले औद्योगिक क्षेत्रभित्र अति आवश्यक वस्तुको उत्पादनलाई प्राथमिकता दिइएको छ ।

अहिले कस्ता उद्योग सञ्चालनमा छन् ? र, उत्पादित सामग्री कसरी बजारसम्म पुगिरहेको छ ?
मुलुकभर १० वटा औद्योगिक क्षेत्रभित्र लगभग साढे ७०० उद्योग स्थापित छन् । साढे ७०० मध्ये अहिले ६० प्रतिशत उद्योगहरु चलेको देखिन्छ । अति आवश्यक त चल्ने नै भए । अत्यावश्यक वस्तु उत्पादन गर्नेबाहेकका केही उद्योगको रअ मेट्रियल आएर बसिरहेको थियो । कच्चापदार्थ उहाँहरुसँगै थियो । त्यही भएर केहीले उत्पादन गरिरहेका छन् । अघिल्लो लकडाउनदेखि मजदुरहरु औद्योगिक क्षेत्रभित्रै बसेर काम गर्ने वातावरण मिलाइएको हो । त्यसानुसार जसले उद्योग परिसरभित्रै मजदुरहरु राखेका छन्, ती उद्योग चलिरहेका छन् । हाम्रो अनुगमनले परिस्थिति यस्तै रहयो भने उद्योग बन्द हुनेक्रम बढ्दै जाने देखाउँछ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग हामी सहयोग गरेर चलाउँछौँ । अन्य उत्पादन भने विस्तारै कम हुँदै जान्छ । किनभने, मार्केटको सर्कुलेसन चेन पनि बन्द हुन्छ । र, रअ मेट्रियल चेन पनि बन्द भयो भने अत्यावश्यकबाहेक अरु उद्योग कम हुँदै जान्छन् ।

Global Ime bank

उद्योगको निरन्तरता र उद्योगीको सहजताका लागि के व्यवस्था गरेका छौँ ?
विगत दुई–तीन दिनदेखि हाम्रो पहिलो फोकस भनेको औद्योगिक क्षेत्रभित्र बालाजु, पाटन र पोखरामा तीनवटा औद्योगिक क्षेत्रभित्र हाम्रो अक्सिजन प्लान्टहरु छन् । पोखरामा दुईटा छ । पाटनमा एउटा छ र बालाजुमा दुईटा अक्सिजन प्लान्ट छ । यो अक्सिजन प्लान्टलाई पूर्ण उत्पादनमा लगेर बजारको अभावलाई कसरी पूर्ति गर्ने भनेर हामीले फोकस गरेका छौँ । दुई–दिनपहिले मात्रै शंकर अक्सिजनमा इलेक्ट्रिसिटी थपेर ३०० सिलिन्डर थप उत्पादन गर्न हामी सफल भयौँ । र, त्यो बजारमा जाँदा केही राहत भयो । पहिलो प्राथमिकता हामीले अक्सिजनलाई दिएका छौँ, बढीभन्दा बढी कसरी उत्पादन गर्न सकिन्छ ? भनेर ।

यस्तै, आयात सहज पार्न पासको व्यवस्था गरिदिने, भन्सारमा गाडी छिटो छोड्न अनुरोध गर्नेलगायत सहयोग उहाँहरुले पाइरहनुभएको छ । खाद्यसामग्री तथा दूध, एलपी ग्यास, बिस्कुट, पानी त बजारमा अभाव भएको अवस्था छैन । यदि, लामो समय लकडाउन भयो भने उपत्यकालाई दुई–तीन महिना पुग्ने खाद्यान्न हामी दिनसक्छौँ भनेर उहाँहरुसँग हामीले कुरा पनि गरेका छौँ । सामान्य उद्योगहरु जुन छन्, ती विस्तारै कम हुँदै जान्छन् ।

अत्यावश्यक सेवा नरोक्न कार्यगत र नीतिगत सुधार आवश्यक छ ?
हामीले के भनेका थियौँ भने मजदुरहरु भित्रै बस्ने वातावरण होस् । सरकारले त्यो व्यवस्था गरिदिएकै छ । ढुवानीका साधनहरु निर्वाध रुपले चल्न पाउनुपर्छ भन्ने उद्योगीको माग थियो, त्यो पूरा गरिदिएकै छ, सरकारले ।

यस्तै, हामीले अत्यावश्यक वस्तु अक्सिजन, एलपी ग्यासमा समेत सहजीकरण गरिरहेका छौँ । सुरक्षा निकायसँग पनि यस सन्दर्भमा सहकार्य भइरहेको छ । हाम्रा उद्योगभित्र आउने रअ मेट्रियल बाहिरी मुलुकबाट ल्याउनुपर्ने हुन्छ । उद्योगका सामान नरोक्न भनी मैले आफैँ पनि भन्सारको डीजी सा’बलाई फोन गर्छु । उहाँले पनि फास्टट्रयाकमा त्यो सामान छोडिदिनुभएको छ । औद्योगिक क्षेत्रभित्रका उत्पादन सामग्री बोकेका गाडीहरु कतै होल्ड भए भने तत्काल सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हामी फोन गर्छौँ र तत्काल त्यो सामान छुट्छ ।

विशेषगरी नेपालमा अक्सिजनको कमी भएर भोलि हाहाकार हुन्छ भन्ने ह्वीम फैलिएको छ । म अनुरोध गर्छु, त्यस्तो हल्लाको पछि नलागौँ । सोलुसनका लागि सरकारले निर्णय नै गरेको छ । कसैले अक्सिजनका सिलिन्डर होल्ड गरेर राखेको भए फिर्ता गर्न भनेर सरकारले आग्रह नै गरेको छ । होल्ड भएर बसेका सिलिन्डर फिर्ता गरिदिऊँ । त्यो सिलिन्डर अस्पतालले पायो भने कम्तीमा मान्छे बाँच्छ नि ! सरकारले २०–२५ हजार सिलिन्डर खोजिरहेका बेला यो सहयोगले ठूलो राहत हुन्छ । औद्योगिक क्षेत्रको जनमैत्री हस्पिटललाई अक्सिजनको खाँचो भयो । अक्सिजनको जोहो भएपछि १३० बेडको जनमैत्री अस्पताल सञ्चालन भयो । यो बेलामा सरकारका सबै एजेन्सीहरु लागिपरेका छन् ।

औद्योगिक क्षेत्रभित्र खोप र कोरोना संक्रमणको अवस्था के छ ?
व्यवस्थापनतर्फका सबै कर्मचारीले भ्याक्सिन लगाइसकेको अवस्था हो, हामीकहाँ । डबल डोज नै उहाँहरुले प्रयोग गरिसक्नुभयो । यद्यपि, अहिले हामीले लिएको डेटाअनुसार लगभग ५ देखि १० प्रतिशत मजदुरहरु प्रभावित छन् । समग्र औद्योगिक क्षेत्रका १५–२० हजार मजदुरमध्ये ४–५ सयमा पोजेटिभ देखिएको छ । नेपालगन्जमा अलि बढी देखिइएको छ । बुटवल, हेटौँडामा पनि संक्रमण भएको देखिन्छ ।

हाम्रो मात्रै साढे २०० कर्मचारीमध्ये १० जनामा सिमटम्स देखिएको छ । र, उहाँहरुको स्थिति नर्मल नै छ । औद्योगिक क्षेत्रभित्र काम गर्ने मजदुरको स्वास्थ्य सुरक्षाका लागि हामीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरेका छौँ । बालाजु औद्योगिक क्षेत्रको हकमा हामीले जनमैत्री हस्पिटल सञ्चालन गरिसकेका छौँ । र, अब आउने भ्याक्सिन मजदुरलाई लगाउने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC