बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
माओवादीको स्थायी कमिटी बैठक सुरु 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने सचेतक देव गुरुङले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि माओवादी छलफलमा जुटेको हो ।

माओवादीले अन्य प्रतिपक्षी दलसँग पनि छलफल गर्ने भएको छ । सोमबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा वार्ता भएको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्