site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा–प्रचण्ड टेलिफोन वार्ता : कांग्रेस पदाधिकारी बैठक पछि के हुन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । 

हिजो साँझ दुई नेताबीच टेलिफोन वार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

वार्तामा आगामी २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेकाले त्यसमा सहकार्य गर्ने विषयमा प्रचण्डले छलफल गर्न चाहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै राष्ट्रियसभा निर्वाचन तथा प्रदेशहरुमा भइरहेको राजनीतिका विषयमा पनि प्रचण्डले कुरा गरेका थिए । 

देउवाले भने आफूले पदाधिकारी बैठक राखेको भन्दै पदाधिकारी बैठकपछि केही निचोडमा पुग्न सकिने बताएका छन् । 

Global Ime bank

उनले पदाधिकारी बैठकले सबै विषयमा निर्णय नगरे पनि पार्टीभित्र विश्वासको वातावरण बनाउने भन्दै त्यसपछि मात्र औपचारिक छलफलमा बस्ने बताएका छन् । 

देउवाले पार्टीको विश्वास लिएर अघि बढ्ने बताएपछि प्रचण्डले पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक डाकेका छन् । 

दुवैतर्फको बैठकपछि देउवा र प्रचण्डबीच रणनीतिक कुराकानी हुने बताइएको छ । 

संघीय सरकार, राष्ट्रियसभा तथा प्रदेशसभामा सहकार्यको प्रस्ताव प्रचण्डले राख्दै आए पनि देउवा भने असफल हुने कदम चाल्ने पक्षमा देखिएका छैनन् । 

“ओलीलाई फाल्न मैले चाहेको छैन भन्छन् तर, किन नचाहनु मैले चाहन्छु नि !” देउवाले नेविसंघको कार्यक्रममा भनेका थिए, “तर, स्योर सट हुनु पर्छ है स्योर सट ! हामीसँग त्यो संख्या पुगिसकेको छैन ।” 

उनले स्योर सट खोजी गरे पनि त्यस्तो वातावरण नबन्दा सरकार परिवर्तनको खेलमा नलागेको बताउँदै आएका छन् । 

देउवाले जसपासँग पनि कुरा भइरहेको भन्दै अझै ढुक्क हुने अवस्था नबनेको बताएका थिए । 

देउवाले माधव नेपालसहितले विश्वासको मत नदिए ओलीको विकल्प सम्भव नहुने, माधव नेपाल समूहले फ्लोर क्रस गरे पनि वैकल्पिक सरकार बन्नुअघि नै ओलीले कारवाही गरेर निकाल्ने भन्दै परिपक्व कदम चाल्नु पर्ने उनको बुझाइ छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC