बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
झापा र बैतडीमा चट्याङ लागेर दुईजनाको मृत्यु
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । झापा र बैतडीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–३, किच्चकवधमा गस्ती गर्ने क्रममा प्रहरीचौकी किच्चकवध कार्यरत प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर गए राति मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको ओमसाई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–६, रोडीदेवल बस्ने ४५ वर्षीय गोविन्द सिंह भण्डारीको घरनजिकै गहुँ मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्