राजनीति
काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो ।
अहिले फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले अर्को राजदूत सिफारिस भने नगरेको ती मन्त्रीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १२:५३
प्रतिक्रिया दिनुहोस्