site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि कस्तो बन्ला क्षेत्रीय शक्ति समीकरण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले आउने सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा खटिएका  सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेसँगै अब कस्तो परिस्थिति सिर्जना  होला भन्ने अहिले चासोको विषय बनेको छ । 

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानसँग आगामी मे १ सम्ममा सेना फिर्ता गर्ने सहमति गरेको थियो ।

वर्तमान राष्ट्रपति जो बाईडेनले समेत ट्रम्प प्रशासनकै सहमतिलाई निरन्तरता दिँदै सेप्टेम्बर ११ सम्ममा सबै सेना फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँनेर संयोग के भयो भने, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले जुन सभा हलबाट आतंकवादविरुद्ध युद्धको घोषणा गरेका थिए त्यही सभा हलबाटै बाईडेनले सेना फिर्ताको घोषणा गरेका छन् । अफगानिस्तानमा करिब ३ हजार अमेरिकी र ८ हजार नेटो सेना रहेका बताइन्छ । 

अफगानिस्तान प्रवेश गरेको २० वर्षपछि अमेरिकी सेनाको स्वदेश फिर्ती हुन लागेको हो । अमेरिकी सेना यति लामो समय अन्य मुलुकमा बसेको अमेरिकी इतिहासमै यो पहिलो घटना हो । अमेरिकी सेनाको फिर्तीलाई कतिपयले अमेरिकाको पराजयको रुपमा समेत अथ्र्र्याएका छन् ।

Global Ime bank

अफगानिस्तानमा अमेरिकी सेना प्रवेश

सन् २००१ सेप्टेम्बर ११ मा विद्रोही समूह अल कायदाले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टर (ट्वीन टावर)मा हमला गर्दा करिब तीन हजार मानिसको मृत्यु भयो । ९–११ को हमला भनेर चिनिने त्यो अतिवादी हमलामा थप ६ हजार बढी घाइते भए । अल कायदाले चार वटा हवाईजहाज नियन्त्रणमा लिएको थियो । तिमध्ये दुईटा ट्वीन टावरमा र एउटा पेन्टागनमा ठोक्काइएको थियो भने अर्को एउटा जहाजका यात्रुले प्रतिवाद गर्न खोज्दा जमिनमा ठोक्किएर दुर्घटना भएको थियो ।

त्यो आक्रमणमा मुख्य योजनाकार अल कायदा प्रमुख ओसामा विन लादेन रहेको भन्दै अमेरिकाले लादेनलाई आफुसमक्ष बुझाउन अफगान सरकारसँग आग्रह गरेको थियो । र, अफगानिस्तानमा मुख्यालय बनाएर बसेको अल कायदाका प्रमुख विन लादेनलाई तालिवानले संरक्षण गरेको आरोप लगाइरहेको थियो, अमेरिका । 

तालिवानले अमेरिकी आग्रह अस्वीकार गरेपछि हमला भएको महिना दिन लगत्तै  बुस प्रशासनले अक्टोबर ७ का दिन अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय ग¥यो । २० वर्ष अफगानिस्तान बसेपछि अमेरिकी सेना फिर्ता गर्ने प्रक्रिया  सुरु गरिएको हो । अमेरिकी सेना फिर्ता भएपछि यो क्षेत्रमा कस्ता घटनाक्रम विकसित होलान् ? भन्ने आम चासोको विषय बनेको छ ।

तालिवानको उदय

पहिलेको तुलनामा संघर्ष कम भए पनि अफगान सरकार र तालिवानबीच वार्ता हुने अवस्था निर्माण भइसकेको छैन । बाईडेन प्रशासनले सेना फिर्तीको समय सीमा सेप्टेम्बर ११ सम्म लम्ब्याउँदा दोहामा भएको सहमति उल्लंघन भएको तालिवानको बुझाई छ । ट्रम्प प्रशासन र तालिवानबीच भएको सहमति अनुसार मे १ सम्म अमेरिकी सेना फिर्ता हुनुपर्ने हो । यसैलाई कारण देखाएर तालिवानले सरकारविरुद्ध युद्ध गर्ने सम्भावना जीवितै छ ।

लङ वार जर्नल फाउन्डेसनका अनुसार अफगानीस्तानको करिब १९ प्रतिशत भू–भाग तालिवानको नियन्त्रणमा छ भने ३२ प्रतिशत क्षेत्र सरकारको नियन्त्रणमा छ । बाँकी क्षेत्रमा नियन्त्रणका लागि दुबै पक्षबीच संघर्ष हुँदै आएको छ ।

अमेरिकाको वैदेशिक सम्बन्ध परिषद्का अनुसार तालिवान सन् २००१ पछि हालसम्मकै शक्तिशाली बनेको छ । अमेरिकी सेना फिर्ता हुनुलाई विजय मानेको तालिवानले सरकारमाथि आक्रमण गरी सत्ता कब्जा गर्ने प्रवल सम्भावना देखिएको अमेरिकी थ्रेट एसेसमेन्ट रिपोर्टमा उल्लेख छ । यद्यपि, पछिल्लो २५ वर्षमा तालिवानको दृष्टिकोण केही परिवर्तन भएको पनि बताइन्छ ।

क्षेत्रीय शक्ति समीकरणमा परिवर्तन

अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेपछि तालिवानलाई पाकिस्तानले सुरक्षा दिएको थियो । तालिवानको उदयमा पाकिस्तानको हात रहेको पनि बताइन्छ । ट्रम्प प्रशासनसँग तालिवानको सम्झौता समेत पाकिस्तानको सहयोगमा भएको देखिन्छ । यस्तोमा अफगानिस्तानमा पाकिस्तानको प्रभाव बढ्नेमा कुनै शंका छैन । अर्थात्, अफगानिस्तानमा भारतको भूमिका कम भएर जानेछ ।

अफगानिस्तान जुन पक्षको पकड भए पनि चीनको फाइदा भने यहाँको स्थायीत्वमा मात्र देखिने बताइन्छ । अफगानिस्तानमा राजनीतिक स्थायीत्व हुँदा चीन—पाकिस्तान आर्थिक करिडोर सम्पन्न गर्न सहज हुने धेरैको अड्कल छ । यस्तै, अफगानिस्तानसँग सीमा जोडिने चीनको सिन्जियान प्रान्तमा समेत शान्ति कायम हुने देखिन्छ । यद्यपि, भारतसँग भन्दा पाकिस्तानसँग राम्रो सम्बन्ध भएकाले तालिवानको उदयले चीनको समेत अफगानिस्तानमा प्रभाव बढ्ने अन्तर्राष्ट्रिय सुरक्षा विज्ञहरुको आँकलन छ ।–एजेन्सीको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC