बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
अमिक शेरचनको पत्रकार सम्मेलन– पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ (पूर्णपाठ)
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

पोखरा । गण्डकी प्रदेशका निर्वतमान प्रदेश प्रमुख अमिक शेरचनले आफूले पार्टी विशेषको प्रभाव र छायामा काम नगरेको बताएका छन् ।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले आफूले संवैधानिक दायित्वानुसार कार्यसम्पादन गरेको बताए । पदको लागि आफूले राजनीति नगरेको उनको भनाइ थियो ।

“पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भइ स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद,” उनले भने ।

Rohto Landing

Agani Group

सरकारले सोमबार शेरचनलाई पदमुक्त गर्दै सीताकुमारी पौडेललाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

पूर्णपाठ पढ्नोस्

sarbottam cement

                                प्रेस वक्तव्य


आदरणिय पत्रकार साथीहरु :


प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरु बाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रती आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएको मा पनि धन्यबाद ।

म पदको लागी राजनीति गरेको व्यक्ती होइन । पूर्व राष्ट्रपती डा. रामवरण यादव को कार्यकाल समाप्ति पछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैले अस्विकार  गरे । त्यस्तै ज्ञानेन्द«कालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इनकार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता र्शिसस्थ नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरे । पदका लागी कुनै प्रकारको र्बागेनीङ गरीन ।

सन्त नेता क.मनमोहन अधीकारीको निधन पछी एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरीन । पद र सत्ताको लागी असम्बैधानीक पद्वती र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ती म होईन । नत पदकै लागी वैचारीक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ती हुँ । म मास्कबाद ,लेनीनबाद र माओ बिचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरीक हुँ । श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग सघर्षमा जिवन समर्पीत गर्ने योद्वा कार्यकर्ता पनी हुँ ।

राष्ट्रीय अखण्डता र राष्ट्रीय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र स्रमाज्य विरुद्वको संघर्षहरु पञचायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन । नत अरबौं कमिशन र भ्रष्टचारमा डुवेको छु । बरु म मन्त्री हुँदा घुष खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउंदो उदाहरण छ म सँग । भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ध्वोंगी व्यक्ति पनि होइन म बरु बैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करड. र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछी मैले संवैधानीक मर्यादालाई पुर्ण पालना गरेको थिए । कुनैपनी पार्टी विशेषको प्रभाव र छाँयामा काम गरीन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानीक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानीक नियम बमोजीम नै निर्णयतार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागी अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमा : लोकतन्त्र संघियता धरापमा नपरोस यसका लागी पक्षधरताहरु बिचको सहकार्य र एकतामा अगी बढौँ मेरो हार्दीक अपील छ । 

अमिक शेरचन 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्