site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्धबारे अन्तिम निर्णय गर्दै फेसबुक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

वासिङटन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध हटाउने या जारी राख्ने भन्नेबारे बुधबार अन्तिम निर्णय सुनाइने जनाएको छ ।

फेसबुक बोर्डले गत महिना मात्र ट्रम्पको फेसबुक र इस्टाग्राम अकाउन्ट हटाइएकासम्बन्धी सर्वसाधारणबाट ९ हजार बढी प्रतिक्रिया प्राप्त गरेको जनाएको थियो । जनवरी ६ का दिन अमेरिकी संसद्मा भएको हिंसात्मक आक्रमणलाई उक्साएको मामिलामा ट्रम्पलाई सबै प्रमुख सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इस्टाग्राम, युट्युब र स्न्यापच्याटसमेतले सधैँका लागि प्रतिबन्ध लगाएका थिए । तर, फेसबुकको निर्णय उल्ट्याउने शक्ति भएको अदालत समान, स्वतन्त्र संघ, ‘ओभरसाइट–बोर्ड’कहाँ यो मुद्दा पुर्‍याइएको छ ।

त्यस समयमा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले लेखेका थिए, “ट्रम्पलाई हाम्रो सेवाको प्रयोग गर्न दिइरहनुले धेरै ठूलो जोखिम उत्पन्न गराउन सक्छ ।” त्यसको केही महिनापछि नै फेसबुकले ओभरसाइट बोर्डलाई ट्रम्पको अकाउन्टसम्बन्धी मामिला गम्भीर भएको भन्दै स्वतन्त्र विश्लेषणका लागि माग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC