बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निफमा आफ्नो अनुभव साट्दै बलिउड निर्देशक अनुराग 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने  भएका छन् ।

निफका अध्यक्ष केपी पाठकका अनुसार यही २३ गतेदेखि सुरु हुने फेस्टिभलको पहिलो दिन नै उनले आफ्नो अनुभव साट्ने छन् । अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू सुनाउने छन् । 

Duber nepal

Agani Group

लेखकको रुपमा बलिउड करिअर सुरु गरेका अनुराग ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता चलचित्रका पटकथा तथा संवाद लेखक हुन् । उनको पहिलो निर्देशन ‘पाँच’ हो भने ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनका सफल सिर्जना हुन् । 
‘मनमर्जिया’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता चलसचत्रको निर्देशन गरेका उनले ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ पनि उनकै चलचित्र हुन् । 

अध्यक्ष पाठकका अनुसार फिल्म प्रदर्शन तथा अन्तरक्रिया नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने छ । २७ गतेसम्म चल्ने फेष्टिभलमा उत्कृष्ठ चलचित्र तथा डकुमेन्ट्रीका साथै विभिन्न विधामा अवार्डसमेत प्रदान गरिने छ । 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्