site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कर्नाटकको अस्पतालमा अक्सिजन अभाव हुँदा १२ संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजन अभाव हुँदा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर जिल्लास्थित एक शिक्षण अस्पतालमा उपचाररत १२ संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुने सबै संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

चिकित्सकहरुको तमाम प्रयासका बाबजुद उनीहरुको अक्सिजन लेवल सामान्य बनाउन नसकिएकाले मृत्यु भएको बताइएको छ । “राति १२ देखि २ बजेको बीचमा अक्सिजन प्रेसर कम भयो । १२२ संक्रमितमध्ये मृतक १२ जना अन्य कुनै न कुनै रोगबाट ग्रसित थिए,” मेडिकल कलेजका डीन डा. जीएम सन्जिवले बताए । अक्सिजन प्रेसर घटेपछि अक्सिजन आपूर्ति बन्द भएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. सन्जिवका अनुसार हरेक ३५ मिनेटमा कम्तीमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्छ । तर, समयमा आवश्यक मात्रामा अक्सिजन नपाएपछि संक्रमितको मृत्यु भएको उनले बताए ।

लजिस्टिक कारणले अक्सिजन आपूर्तिमा ढिलाइ भएको उनले प्रष्ट पारेका छन् । आफूहरुले २०० सिलिन्डर अक्सिजन प्राप्त गरेकोमा अब ५० सिलिन्डर बाँकी रहेको उनले बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC