site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
के हो ‘स्क्रिम थेरापी’ ? चिच्चयाएर कसरी हटाउन सकिन्छ स्ट्रेस ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । शौचालयको ढोका तौलियाले ढप्प पारि आफूसँग भएको सिरानीमा सकेजत्ति जोडले चिच्याउँछिन् लिज कोनोर । छिमेकीहरुले उनको आवाज सुनेर पुलिसलाई नबोलाउन् भनेर उनले सावधानी अपनाउन त्यसो गरेकी हुन् । अहिलेको तनावग्रस्त समयमा चिच्याउनुले स्ट्रेस कम गर्न केही मद्दत गर्छ कि भनेर थाहा पाउन उनले यो उपाय लगाएकी हुन् । 

हो हामीलाई पनि कहिलेकाहिँ दिक्क लागेर यसैगरी चिच्याउन या आफु आसपासका सरसामानहरु फुटाउन, फाल्न मन लाग्छ ।

र सुन्दा अव्यावहारिक जस्तो लागे पनि अहिले यही तरिका वैकल्पिक थेरापीका रुपमा प्रयोग गर्न थालिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जस्तै बेलायतमा यस किसिमको थेरापीलाई भनेर ‘रेज रुम’ अर्थात् त्यसरी चिच्याउने, सामानहरु फुटाउने गर्नका लागि छुट्टै कोठा निर्माण गर्ने क्रम बढेको छ । मान्छेहरु त्यस्ता रेज रुममा आफ्नो स्ट्रेज हटाउन अनि रिस निकाल्न पैसा तिरेर आउने गर्दछन् । यस किसिमको व्यवहार समाजमा अस्वीकार्य मानिन्छ तर त्यस्ता निर्धारित कोठाहरुमा आक्रामक तरिकाले आफ्ना सबै निराशा पोख्न सकिन्छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दै गएको मानसिक समस्यालाई हेर्दा दुनियाँका एक तिहाइ बढी मान्छेले जीवनको कुनै न कुनै समयमा स्ट्रेस र तनावको अनुभव गर्ने निश्चित छ जसकारण पनि यस किसिमका वैकल्पिक थेरापीहरु लोकप्रिय बन्दै गएका हुन् । 

Global Ime bank

यसअघि चर्चित हलिउड र्यापर कान्ये वेस्टले यही थेरापीबाट हुने फाइदाबारे द न्युयोर्क टाइम्ससँग कुरा गरेका थिए । यस किसिमले चिच्याएर गरिने उपचारमा सहभागी हुनुले आफू भित्र दबिएर बसेका सबै भावनाहरु बाहिर निकाल्न मद्दत मिलेको उनले बताएका थिए । 

के हो ‘स्क्रिम थेरापी’ ?

नाम अनुसार ‘स्क्रिम’ अर्थात यो ‘चिच्याएर आफ्नो दुःख, रिस, गुनासो, निराशा लगायत हामलिे भित्र दबाएर राख्ने गरेका नकारात्मक भावहरु बाहिर निकाल्नु हो । चिच्याउनुका स्वस्थकर फाइदा हुन्छन् भन्ने तथ्य सबैभन्दा पहिले १९७० को दशकमा लोकप्रिय बनेको थियो । त्यस समयमा साइकोथेरापिस्ट आर्थर जेनोभले यसै थेरापीमा दुई चर्चित हस्ती : जोन लेनन र योको ओनोलाई सहभागी गराएका थिए जसपछि यसको लोकप्रियता अचानक वृद्धि भएको थियो ।  

डाक्टर जेनोभका अनुसार मान्छेले आफ्नो भाव व्यक्त गर्न बाल्यअवस्थादेखि नै चिच्याउने, रुने, कराउने गरिरहेका हुन्छन् ।

त्यसैले यो थेरापीले हामीलाई फेरि बाल्यावस्थामा फर्काउँछ भन्न सकिन्छ । र धेरै अवस्थामा हामीले त्यसबेलाका ट्रमा, स्ट्रेस, तनाव अहिलेसम्म पनि आफूभित्र राखिरहेका हुन सक्छौँ जसलाई बाहिर निकाल्न जरुरी छ । तिनै जीवनभरका लुकेका भावनहरुकहाँ पुगि तिनलाई स्वतन्त्र पार्ने काम स्क्रिम थेरापीले गर्दछ । 

तर अर्कोतर्फ केही साइकोलोजिस्टहरुले चाहिँ यसको प्रभावकारीता माथि प्रश्न पनि उठाइरहेका छन् । किनकि नैतिक रुपमा यो तरिकालाई समाजमा अपनाइँदैन । ता पनि यो पूर्णरुपमा काम नलाग्ने तरिका भने होइन । किनकि यसको अभ्यास गर्नाले फाइदा पुग्ने प्रमाणहरु पनि फेला परिसकेका छन् । 

बर्मिङगम सिटी युनिभर्सिटीकी वरिष्ठ साइकोलोजी लेक्चरर डाक्टर रेबेका भन्छिन्, “रिस् भनेको वास्तवमा मान्छेमा हुने प्राकृतिक भाव हो । तर त्यही रिसलाई व्यक्त गर्न शारीरिक आक्रामकता या हिंसाको प्रयोग गर्नु फरक कुरा हुनेछ ।” 

त्यसैले हामीलाई रिसको भाव मन नपरेपनि यसमा केही स्वस्थ बदलावहरु ल्याउने हो भने यो उपयोगी हुन सक्ने उनले बताइन् । 
उनले फेरि भनिन्, “रिस्ले कतिपय अवस्थामा हामीलाई कुनै कठिन काम गर्न प्रेरित गर्न सक्छ र यसले क्षणिक या अस्थाइ रुपमा रक्तचाप बढाइदिने गर्दछ जुन नराम्रो कुरा होइन । यसले खतरनाक या प्राणघातक अवस्थामा लड्न पनि मद्दत दिलाउन सक्छ ।” 
उनका अनुसार यो हाम्रो स्वस्थ जीवन कायम राख्न आवश्यक भावमै पर्दछ । र अहिलेको आधुनिक समाजमा रिसले हाम्रो भावनात्मक सिमाना पार भइरहेका बारे सचेत गराउनमा ठूलो मद्दत गर्न सक्छ ।  

रेज रुमका के–के विशेष फाइदा छन् ?

यसमा कुनै शंका छैन कि चिच्याउँदा केही क्षण वास्तवमै आनन्द आउँछ । यो भनेको कुनै कुनै बेला स्थिति अधिक कठिन बन्न पुग्दा जसरी हामीलाई रोएपछि हलुका महसुस हुन्छ, यो पनि त्यस्तै हो । त्यसैले पनि प्रायः मानिसहरुले स्क्रिम थेरापीपछि राम्रो अनुभव गर्ने गरेका छन् । 

डाक्टर रेबेका भन्छिन्, “युनिभर्सिटी अफ डर्बीले गरेको अनुसन्धानमा के पत्ता लागेको थियो भने मान्छेले जब कुनै शारीरिक दुखाइ अनुभव गर्छ, त्यस समय ठूलो स्वरले चिच्याउनुले दुखाइबाट राहत दिलाउन वास्तवमै मद्दत गर्दछ ।” 

रेज रुमले यसरी नै काम गर्छ भन्ने कुनै बलियो प्रमाण नभए पनि यसले केही समयका लागि स्ट्रेस मुक्त गर्न सक्ने उनी बताउँछिन् । साथै यसले दुखाइ र स्ट्रेस कम गर्न हाम्रो स्नायु प्रणालीले उत्पादन गर्ने ‘एन्डोरफिन्स’ ‘डोपामाइन’ तत्वलाई सक्रिय बनाइ खुसी मनस्थिति पैदा गर्न पनि सक्ने पनि उनले बताइन् । 

त्यसकारण यो थेरापीले भावनात्मक संघर्षलाई भित्रभित्रै दबाएर राख्नेहरुलाई क्रोध अभिव्क्त गर्न मद्दत दिलाउने उनले थप बताइन् । यति हुँदाहुँदै पनि यो दीर्घकालीनरुपमा चाहिँ स्वस्थकर तरिका नभएको उनको भनाइ छ । 

के क्रोध व्यवस्थापनका यस्ता तरिकाहरुको अभ्यास गर्नुका केही बेफाइदा छन् ?

युनिभर्सिटी अफ सेन्ट्रल लेनकेसायरकी साइकोलोजी प्रमुख, डाक्टर सरीता रोबिन्सन भन्छिन्, “हामीले स्वयम यस्तो महसुस गर्न सक्छौँ कि रिस् निकाल्नुले हामीलाई एक किसिमको सन्तुलन हासिल गर्नमा र हाम्रा भावनालाई नियमित बनाउनमा मद्दत गर्दछ ।” 
तर यस तथ्यबारे सबै विज्ञहरुको एउटै धारणा छैन । विभिन्न रिसर्चहरुमा के पत्ता लागेको छ भने नकारात्मक भावबाट मुक्त हुन आक्रामक गतिविधिमा लाग्दा यसले हामीलाई झन नराम्रो महसुस गराउन पनि सक्छ । त्यसैले ‘रेज रुम’ को प्रयोग गरिरहनुले हामीलाई आक्रामक स्वभावको बनाइदिन सक्छ । यस्तोमा अर्कोपटक हामीलाई रिस् उठ्दा या स्ट्रेस हुँदा अथवा निराश हुँदा हामी आक्रामक हुन सक्छौँ । 

डाक्टर रेबेकाले यसैमा थप्दै भनिन्, “मेरो विचारमा यो एकपटकका लागि ठीकै हुन सक्छ । तर यसलाई क्रोध अन्त्य गर्ने नभएर व्यवस्थापन गर्ने उपायका रुपमा लिनुपर्दछ । यदि हामीले निरन्तर क्रोधको अभ्यास गरिरह्यौँ भने त्यस किसिमको व्यवहार हामीमा सिर्जना हुन्छ र कुनैपनि हिसाबमा रिस अनि क्रोधलाई सामान्यीकरण गर्नु स्वस्थ कुरा होइन । ”

यी कारणले र स्पष्ट प्रभाणको अभाव भएकाले पनि रेज रुमलाई नियमित अभ्यासका लागि थेरापीका रुपमा आफूले सुझाव नगर्ने उनले बताइन् । उनले फेरि भनिन्, “मेरो विचारमा बरु यो रमाइलोका लागि हुन सक्छ । किनकी एउटा कोठामा गएर त्यहाँका सबै कुरा भत्काउन सक्नु अनि चिच्याउन पाउनु, जुन समाजमा व्यवहारिक छैन, त्यो उत्साहजनक हुन सक्छ । ”

क्रोध र रिसको सामना गर्ने अन्य परिचित उपायहरु केके हुन् ?
लामो समयसम्म रिस्को अनुभूति गर्नु शरीर र दिमाग दुवैका लागि राम्रो होइन । त्यसैले रिस् निकाल्नुको बद्ला के विशेष कारणले हामीमा त्यस किसिमको भाव उत्पन्न भइरहन्छ भन्ने बुझ्न सक्नु बढी महत्वपूर्ण हुनेछ । 
जस्तै कि स्क्रिम थेरापीपछि हामीलाई राम्रो महसुस भए पनि यसले हामीलाई किन रिस् उठिरहेको छ भन्ने कुरामा कुनै परिवर्तन ल्याउन नसकेको पाइएको छ । 

मानिसहरुले रेज रुम जस्तो विनाशकारी तरिकाले नभएर सिर्जनात्मक ढङ्गले पनि क्रोधको समाधान गर्न सक्छन् । जस्तै योगा लगायत रिसबाट ध्यान हटाउने किसिमका अन्य गतिविधिमा संलग्न भएर क्रोधबाट मुक्ति पाउन सकिने स्वास्थ्यविदहरु बताउँछन् । निष्कर्षमा भन्नुपर्दा चिच्याएर अनि सरसामान थोडफोड गरेर हाम्रा समस्या कहिल्यै समाधान हुनेछैनन् । तर कहिलेकाहिँ चिच्याउने गर्नुमा भने कुनै हानि छैन ।  द इन्डिपेन्डेन्ट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC