site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ : संसदीय समितिले कोरोना अस्पतालहरूको अनुगमन गरेर सरकारलाई सुझाव दिने
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नं १ को सामाजिक विकास समितिले कोभिड अस्पतालहरूको अनुगमन गरेर कमजोरी सच्याउन र अब गर्नुपर्ने तयारीबारे सरकारलाई सुझाव दिने निर्णय गरेको छ । 

सदनमा उठेका प्रश्नको जवाफ नदिई प्रदेश नम्बर १ को प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै विपक्षी दलले सरकारको आलोचना गरेको थियो । त्यसपछि कोभिड महामारीमा सरकारलाई झक्झक्याउन उनीहरूले मिनी संसद भनेर चिनिने संसदीय समितिको बैठक बोलाउन माग गर्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बसेको सामाजिक विकास समितिको बैठकले सोमबार विराटनगरमा संचालित कोभिड अस्पतालमा उपब्ध सेवा, संक्रमितको अवस्था र चाहिने पूर्वाधार तथा जनशक्तिको विषयमा जानकारी लिने निर्णय गरेको रूपमा समितिका सदस्य तथा विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

बैठकमा सरकारकाले कोरोना नियन्त्रणका लागि गरेका काम फितलो भएको भन्दै सांसदहरूले आलोचना गरेका थिए । 

Global Ime bank

“कोभिड महामारी शुरु हुनासाथ सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिदियो । जनताका समस्या मुखरित नै हुन पाएनन् । हामीले संसदीय समितिलाई सक्रिय हुन आग्रह गरिरह्यौँ,” उनले भने ।

कार्कीकाअनुसार समितिकी सभापति सरिता थापाले झापाबाट अनुगमन थाल्ने प्रस्ताव गरेकी थिइन् । तर कोभिडबाट अत्यधिक संक्रमण र मृत्युका घटना प्रदेशको राजधानीमै भएकोले यतै गर्न सांसदले सुझाव दिएका थिए ।

बैठकमा प्रदेश प्रयोगशाला विराटनगरको स्नातकोत्तर कलेजको जमिन ३० वर्षलाई लिज लिएर बनाउन लागेको तर पछि त्यो कलेजकै मातहत आउने भएकोले यसबारे पुर्नविचार गर्न प्रस्ताव गरिएको थियो । विराटनगरस्थित सहिद रंगशाला पूर्वाञ्चल खेलकुद विकास समिति स्वतः विघटन भएकोले अब प्रदेश मातहत आएकोले यसमा प्रदेश सरकारले आफू मातहत ल्याउनु पर्ने माग गरिएको सांसद कार्कीले बताए । त्यहाँ प्रदेश सरकारले ४ करोड खर्च गरेर फ्लडलाइट जडान गरेको छ । विराटनगर महानगरलाई सशर्त अनुदान दिनुको साटो जनस्वास्थ्य कार्यालयमार्फत टेन्डर गरेर निर्माण गरेको थियो । रंगशालमा हालै रात्रिकालीन  विराट गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

बैठकमा सामाजिक विकास मन्त्री उषाकला राई र मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्की पनि सहभागी थिए । सचिव कार्कीले मन्त्रालयले गरेका काम कारबाहीबारे बैठकमा जानकारी गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC