site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
Sarbottam CementSarbottam Cement

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरलाई बाहिर निकालिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरू ठिक रहेको बताएको जनाएको छ । 

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ । 

Global Ime bank

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए । 

सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC