बाह्रखरी
भर्खरै
sticky  ncell
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भाइरल तस्बिर : किन साइकलमा श्रीमतीको शव लिएर हिँडिरहे वृद्ध ?
बाह्रखरी - आइतबार, वैशाख १९, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । दुई–तीन दिनअघि फेसबुकमा केही फोटो भाइरल भइरहेको थियो । उक्त फोटोमा सेतो दाह्री भएका एक वृद्ध साइकलमा एउटी महिलालाई राखेर गइरहेको जस्तो देखिन्थ्यो । कुनै फोटोमा भने उनी ती महिला बोकेको साइकलछेउमा टाउको माथि हात राख्दै चिन्तित देखिरहेका थिए ।

ती महिला निर्जीव अर्थात पुतलाजस्ता देखिएकी थिइन्, जीवनबिनाको शरीर जस्तो । सामाजिक सञ्जालमा आएको त्यो फोटोमा धेरैले दुःखपूर्ण  टिप्पणी गरेका थिए ।

उक्त फोटो भारत, उत्तर प्रदेशको जौनपुर जिल्लास्थित मडियाहु थाना क्षेत्रको अंबरपुर गाउँको हो । फोटोमा देखिएका व्यक्ति स्थानीय ५५ वर्षीय तिलकधारी सिंह र उनकी मृत श्रीमती राजकुमारी देवी हुन् ।

Rohto Landing

Agani Group

राजकुमारीको मंगलबार जौनवुरको सदर अस्पतालबाहिर कोरोना संक्रमणका कारण मृत्यु भयो । सरकारी एम्बुलेन्सले उनको मृत शरीर गाउँसम्म पु¥याइदियो । तर, कोरोनाको डरका कारण उनको अन्तिम संस्कारमा सहभागी हुन गाउँका कोही आएन । अन्तिममा जौनपुर प्रहरीले राजकुमारीको अन्तिम संस्कार गरिदियो ।

कोरोनाले गुमाएको मानवता
कोरोनाका कारण मृत श्रीमतीको अन्तिम संस्कारका लागि लास साइकलमा राखेर हिँडिरहेको भाइरल फोटो जौनपुर प्रहरीसम्म पनि पुग्यो । जौनपुरका अतिरिक्त प्रहरी अधीक्षक (ग्रामीण) त्रिभुवन सिंहका अनुसार प्रहरीसम्म तस्बिर पुगेपछि मडियाहुँ चौकीका प्रहरी गाउँ पुगे र राजकुमारीको अन्तिम संस्कार गरियो । यद्यपि, गाउँबाट कोही पनि उनको अन्तिम संस्कारमा सहभागी भएन ।

sarbottam cement

त्रिभुवन सिंह भन्छन्, “प्रहरीले गाउँकै सानो खोलाछेउ ती महिलाको अन्तिम संस्कार गर्न खोजेको थियो । तर, स्थानीयले विरोध गरे । पछि जौनपुरको रामघाटमा उनको अन्तिम संस्कार गरियो ।”

चन्दन सिंह नामका एक स्थानीय युवकका अनुसार राजकुमारी पछिल्लो केही दिनदेखि बिरामी थिइन् । सोमबार तिलकधारी बिरामी श्रीमतीलाई लिएर सदर अस्पताल पुगे । तर, भर्ना गर्न सकेनन् ।

चन्दनले बीबीसीलाई भनेका छन्, “तिलकधारीसँग फोन थिएन । उनकी श्रीमतीको निधन भएपछि उनले एम्बुलेन्समा राखेर श्रीमतीको लास घर ल्याउँदा दिनको करिब ११ः३० बजिरहेको थियो । कोरोनाका कारण गाउँका सबैजना घर–घरमै बसिरहेका थिए । त्यसैले कसैले पनि थाहा पाएन ।”

चन्दनकै अनुसार तिलकधारी कसैलाई केही नभनी साइकलमा शव राखेर हिँडिरहेका थिए, त्यही समय उनको साइकल लड्यो । उनका अनुसार गाउँलेले अन्तिम संस्कार छेउकै एउटा खोला किनारामा गर्न खोजेका थिए । तर, छिमेकी गाउँकाले विरोध जनाए ।

स्थानीय प्रहरी अधिकारी र पत्रकारहरुले भने चन्दनको कुरालाई नकारेका छन् । उनीहरुका अनुसार प्रहरी त्यहाँ पुग्दासम्म पनि कोही स्थानीय राजकुमारीको अन्तिम संस्कार गर्न पुगेको थिएन । प्रहरीले गाउँमै अन्तिम संस्कार गर्न खोज्दा गाउँलेहरुबाटै विरोध आएको पनि प्रहरी अधिकारीहरुले दाबी गरे ।

स्थानीय पत्रकार आरिफ हुसेनका अनुसार गाउँमा यसअघि कहिल्यै पनि यस्तो घटना भएको थिएन । कोरोना कहरले मानवता र संवेदनालाई पूरै समाप्त गरेको उनको बुझाइ छ ।

तिलकधारी र उनकी श्रीमती मात्रै बस्थे । उनका छोरीहरुको विवाह भइसक्यो भने एउटा छोरा पनि बहिनीहरुसँगै बस्छन् । श्रीमतीको मृत्युपछि तिलकधारी एक्लो भएका छन् । उनको दुःखमा साथ दिन र उनको हालखबर सोध्न पनि कोही गाउँले उनकोमा जाने हिम्मत गरिरहेका छैनन् । 
दिलनवाज पाशा/बीबीसी 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, वैशाख १९, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्