site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटा डोज खोपले पनि भाइरस अरुमा सर्ने जोखिम आधाले घटाउँछ 
Ghorahi CementGhorahi Cement

बीबीसी । कोरोना खोपको एउटा डोज मात्र लगाउनुले पनि भाइरस अरुमा संक्रमण हुने जोखिम आधाले न्युनिकरण हुने नयाँ अध्ययनले देखाएको छ । 

अनुसन्धानमा फाइजर या अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरु, तीन हप्तापछि संक्रमित भएपनि खोप नलगाउनेको तुलनामा अरुलाई भाइरस सार्ने सम्भावना ४९ प्रतिशत कम रहेको पाइएको हो । बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले यो खबरलाई अत्यन्तै खुसीको समाचार भनेर उल्लेख गरेका छन् र सबै नागरिकहरुलाई योग्यता अनुरुप सक्दो चाँडो खोप लगाइहाल्न जोड दिएका हुन् । 

यस रिसर्चमा खोप लगाएको १४ पछि कोभिड विरुद्धको सुरक्षा प्राप्त भएको देखिएको थियो जसमा सबै उमेर र सबै अवस्थामा सुरक्षाको स्तर उतिनै रहेको थियो । यसमा सुइ लगाइसकेकालाई खोपले लक्षण सहितको संक्रमण हुनबाट पूर्ण बचाउन सक्ने पाइएको हो । जुनसुकै खोपको पनि एउटा डोजले चार हप्तासम्म ६०–६५ प्रतिशत सुरक्षा दिइरहने गरेको  यसमा पत्ता लागेको छ । 

Agni Group

पीएचइमा खोप कार्यक्रमकी प्रमुख, डाक्टर मेरी रेमसे भन्छिन्, “यसकारण पनि हामीलाई पहिलेको सामान्य अवस्थामा फर्काउन खोपले महत्वपूर्ण भूमिका खेल्दछ । यसले गम्भीर बिरामी हुनबाट बचाउने र दैनिक हुने कोभिड मृत्युलाई जोगाउन सक्छ । र यसका साथै अब यसको थप अर्को लाभ पनि पत्ता लागेको हो जसमा यसले भाइरस अरुलाई सर्नबाट पनि जोगाउन सक्नेछ ।”

तर यो अध्ययनको नतिजा हौसलापूर्ण भएपनि मानिसहरुले अझै आफूमा भाइरस भए जसरी नै सुरक्षाका उपायहरु अपनाइरहन जरुरी रहेको उनले बताइन् । हात धोइरहने र समाजिक दुरी अपनाउन छाड्न नहुने उनको भनाइ छ । 

Global Ime bank

घरेलु वातावरण संक्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्था हो । त्यसैले यो नयाँ खोजको अर्थ खोप लगाइसकेपछि यसले एउटै घरमा परिवारबीच या जेलखाना जस्ता ठाउँहरुमा संक्रमण फैलन दिनेछैन । 

युनिभर्सिटी अफ वारविकका एपिडेमीओलोजिस्ट माइक टिल्डेस्ले भन्छन्, “हामीले के याद राख्नुपर्छ भने खोपहरु १०० प्रतिशत प्रभावकारी हुँदैनन् तरपनि हामी कुनै कारणवश् खोप लगाएपछि कोरोनाबाट संक्रमित भइहाल्यौँ भने यसले केही न केही सुरक्षा दिलाउनेछ र यसका साथै भाइरस अरुलाई सार्नबाट पनि जोगाउन सक्नेछ । ” 

उनका अनुसार यो खोज यस कुराको थप प्रमाण हो कि महामारी नियन्त्रणमा ल्याउन धेरै भन्दा धेरै मानिसहरुले खोप लगाउन जरुरी छ । आफू गम्भीर बिरामी पर्ने जोखिममा नभएपनि कुल जनसङ्ख्यामा सुरक्षाको स्तर उच्च बनाउन र मृत्युदर कम गर्न खोप लगाउनु अति महत्वपूर्ण छ । 

यो रिसर्चका लागि २४ हजार भन्दा धेरै परिवार सम्पर्कमा आएका ५७ हजारको अध्ययन गरिएको थियो । यसपछि ल्याब मार्फत उनीहरुको तुलना खोप नलगाएकाहरुसँग गरिएको हो । पीएचइले अहिले अझ ठूलो जनसङ्ख्यामा खोपले संक्रमण फैलावटप्रति केकस्तो असर गर्छ भन्नेबारे छुट्टै अध्ययन गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC