site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अमेरिकामा नेपाली सेयर ट्रेडरलाई जोड्दै नेपाली रविनहुड 
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । घडीले पूर्वोत्तर अमेरिकी समय बिहानको ४ बजाउँदा आशिष संग्रौला स्टक कारोबारका लागि उठिसकेका हुन्छन् । चाहेको समयमा तत्काल सेयरको किनबेच नछुटोस् भन्नका लागि उनको होम अफिसको टेबलमा तीनवटा कम्प्युटर स्क्रिन पनि त्यति बेलैदेखि स्टक मार्केटका ग्राफ डिस्प्ले गरिरहेका हुन्छन् ।

बजार खुल्नुअगावै र बजार बन्द भएपछि पनि अमेरिकामा सेयर किनबेच गर्ने सुविधा कतिपय ब्रोकरेज एपहरुले दिएका हुन्छन् । यसलाई प्रिमार्केट र आफ्टर आवर ट्रेडिङ नामले बुझिन्छ ।

“म बिहानको ८ बजेसम्म ट्रेडिङ गरिरहेको हुन्छु,” आशिष आफ्नो दैनिकी सुनाउँछन्, “१२ देखि १ बजेसम्म छेउमा कम्प्युटर राखेर बस्छु, बजारलाई नियाल्दै र फेरि १ देखि ५ बजेसम्म कारोबारका लागि लगइन गरिसकेको हुन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

“दिनमा थुपै्रपटक किनबेच गर्ने सुविधा भएको एकाउन्ट भएकाहरु डे ट्रेडर हुन् । यसको लागि ब्रोकरेज एपहरुले प्रिमियम शुल्क राखेका हुन्छन् । डे ट्रेडिङ गरेर नाफा कमाउन बजारको खोजमूलक अनुसन्धान महत्वपूर्ण हुन्छ । अध्ययनले मात्र पनि पुग्दैन, बजारको मुड पनि विचार गर्नुपर्ने हुन्छ,” आशिष स्पष्ट पार्छन् ।

आशिषले बजारको अध्ययन गर्नका लागि साँझको दुई घण्टा समय छुट्ट्याउँछन्, हरेक दिन । उनी भन्छन्, “त्यति बेला म भोलिको दिनको कारोबारका लागि अध्ययन रिसर्च गर्दछु ।”

Global Ime bank

आशिष उक्त रिसर्चको आधारमा आफू मात्र कारोबार गर्दैनन्, स्टक मार्केटमा लगानी गर्न चाहने र सिक्न चाहनेहरूलाई सामाजिक सञ्जाल फेसबुकको ‘नेपाली रविनहुड समूह’को फोरमबाट सरसल्लाह पनि दिइरहेका हुन्छन् । उक्त प्लेटफर्ममा उनी ‘झापाली आशिष’को नामले पनि परिचित छन् ।

आफू र आफ्नो समूहले प्रक्षेपण गरेका ८० देखि ९० प्रतिशत विश्लेषणहरु मिल्ने गरेको आशिषको दाबी छ । त्यसो त उनलाई वित्तीय सल्लाहकारकोे रुपमा सेयर कारोबार गर्ने ब्रोकरेज कम्पनीहरुले जागिर अफर नगरेका होइनन्, त्यतातिर जानुभन्दा आफैँ कारोबार गर्न ठिक ठाने आशिषले ।

आफ्नो ट्रेडिङबाट बचेको समयमा आशिषले सामाजिक सञ्जाल र डिस्कोर्डमार्फत धेरै नेपालीहरुलाई निःशुल्क सल्लाह उपलब्ध गराइरहेका हुन्छन् । जानकारीमा अपडेट हुन आशिष सामाजिक सञ्जाल ट्विटर र फेसबुकबाट चर्चित कारोबारकर्ताहरुलाई फलो गर्छन् र स्टक मार्केटसँग सम्बन्धित समाचार पस्कने न्युज च्यानलका न्यूज फिडहरुलाई पनि छुटाउँदैनन् ।

ईश्वर सिलवाल (नाम परिवर्तन)ले एक लाख ३० हजार अमेरिकी डलर सेयरमा हाले । तर, राम्रो अध्ययन र अभ्यास नगरिकन गरेको लगानीले उनको खाताको रकम घटेर गयो । “नेपाली रविनहुडका साथीहरुको सल्लाहले मैले त्यो घाटा घटाएर अहिले नाफामा जान सफल भएको छु,” सिलवालले भने ।

सिलवाल मात्र होइन, नेपाली रविनहुड फेसबुक समूह र डिस्कोर्डको सहायताबाट लाभान्वित हुने नेपालीहरु बढिरहेका छन् । १२ हजार नेपालीहरू आबद्ध रहेको उक्त फेसबुक समूहमा दैनिक डेढ सयभन्दा बढी प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा भाग लिइरहेका हुन्छन् ।

स्टकमा नवप्रवेशीलाई सल्लाह 
नवप्रवेशीलाई आशिषको एउटै सल्लाह छ– सिक्नुहोस् र अध्ययन प्रशस्त गर्नुहोस् । कतिपय स्टक प्लेटफर्महरुले पेपर ट्रेडिङको सुविधा उपलब्ध गराएका हुन्छन्, जसबाट सेयरको किनबेच गर्न सकिन्छ । तर, पैसा नहालीकन । यस्तोबाट प्रयोगकर्ताले आफ्नो रणनीति विकास गर्न सक्ने आशिषको भनाइ छ । “धेरै पैसा हालेर सुरु नगर्नुहोस्, आफ्नो रणनीतिको विकास आफैँ गर्नुहोस्,” उनले भने ।

त्यसो त इन्भेष्टोपिडियाबाट पनि नवप्रवेशीहरुले कारोबार गर्न सिक्न सक्छन् । यद्यपी पूर्णकालीन स्टक ट्रेडर बन्ने सल्लाह नवप्रवेशीलाई दिदैनन् आशिष । नियमित खर्च धान्नका लागि ‘साइड जब’ गर्नुपर्ने उनले बताए । सेयरको नाफाबाट घरखर्चका लागि पैसा निकालिरहनु त्यति व्यावहारिक नहुने उनी बताउँछन् ।

मिलियनमा कारोबार गर्ने नेपाली छन्
पूर्णकालीन रुपमा स्टक कारोबार गर्ने आशिष आफ्नो कारोबारको आयतनबारे खुल्न चाहँदैनन् । उनी अमेरिकी स्टक मार्केटमा रविनहुड ब्रोकरेज एपबाट कारोबार गर्नेहरुको समूह नेपाली रविनहुडका एक सञ्चालक वा मोडरेटर पनि हुन् । पछिल्लो समय अमेरिकाको स्टक मार्केटमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । आशिषका अनुसार अहिले नाज्दाक र न्युयोर्क स्टक एक्सचेन्ज (एनवाइएसइ)मार्फत सानोदेखि लाखौँ डलरको लगानी गर्ने नेपालीहरू छन् ।

जानकारहरुका अनुसार एक लाख डलर वा सोसरह लगानी भएका नेपालीहरूको संख्या १०० को हाराहारीमा छ । त्यस्तै, १० लाख डलरभन्दा बढी कारोबारको आयतन भएका नेपालीहरूको संख्या पनि उल्लेख्य रहेको बताइन्छ ।

एनआरएनएको राजनीतिमा आउन चाहन्छन्, आशिष । उनले आसन्न एनआरएनए अमेरिकाको चुनावमा बोर्ड अफ डिरेक्टर पदमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । एनआरएनको माध्यमबाट धेरै सकारात्मक कामहरू गर्न सकिने उनको भनाइ छ । “पछिल्लो समयमा मैले विद्यार्थी, पेसाकर्मी र युवा वर्गको उत्साहजनक समर्थन पाएको छु,” उनले भने, “मेरो लागि जित–हारभन्दा पनि प्रोत्साहन ठूलो कुरा हो ।

सामाजिक सञ्जालको छलफलले बजार प्रभावित
सामाजिक सञ्जालमा सेयरको बारेमा हुने छलफल र सूचना सम्प्रेषणले सेयर बजार प्रभावित हुने गरेको छ । यसको पछिल्लो उदाहरणको रुपमा गेम स्टप (जीएमई)को सेयर कारोबारलाई लिन सकिन्छ । छलफलप्रधान सामाजिक सञ्जाल रेडिटको वालस्ट्रिटविट्स नामको ग्रुप ह्याण्डलमार्फत भएका छलफल जीएमई, एएमसीलगायत सेयरहरू किन्न लक्षित बने । फलस्वरुप, ती कम्पनीका सेयर भाउ निकै बढ्यो । यसले वालस्ट्रिटका सेयर चलखेल गर्नेहरुलाई आच्छु–आच्छु पार्‍यो ।

प्रतिष्ठित कम्पनीका सीईओ एवं संस्थापकहरूको ट्विट वा स्टाटसहरुले पनि सेयर बजारको कारोबारमा उतार–चढाव ल्याउने गर्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC