बाह्रखरी
भर्खरै
sticky  ncell
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतीय एक अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु
बाह्रखरी - शनिबार, वैशाख १८, २०७८
Laxmi Bank
Laxmi Bank

अहमदावाद । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । 

एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामी थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

Rohto Landing

Agani Group

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, “आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।”

sarbottam cement

उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । रासस/एएफपी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, वैशाख १८, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्