site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा खोपको फरक मूल्यका विषयमा सर्वाेच्च अदालतले माग्याे माेदी सरकारसँग स्पष्टीकरण
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतमा कोरोना महामारीका कारण उत्पन्न विविध समस्याका विषयमा यहाँको सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ । केन्द्र, राज्य र निजीअस्पतालहरूमा भाइरसविरुद्धको खोपको मूल्य निकै फरक रहेको भन्दै अदालतले सरकारसँग जवाफ मागेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

"सबै खोप खरिद गरेर राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्न किन सक्दैन सरकार" भन्दै अदालतले प्रश्न गरेको छ । कुन राज्यले कति मात्रा खोप पाउने भन्ने निर्णय निजी उत्पादकले तय गर्न नसक्ने भन्दै अदालतले सबै नागरिकलाई निशुल्क खोप दिइने विषयमा योजना बनाउन भनेकाे छ । "कुन राज्यले कति खोप पाउँछ यसको निर्णय निजी खोप उत्पादकले गर्ने छैनन् । उनीहररूलाई छुट दिइनु हुँदैन । धेरै गरिब खोपको मूल्य तिर्न सक्षम नरहेकाले सरकारले राष्ट्रिय खोपको मोडल बनाओस्," अदालतको आदेशमा भनिएको छ ।

Agni Group

यसका साथै अदालतले अक्सिजन र शय्या अभाव, सामाजिक सन्जालमा आएका गुनासा लगायतका विषयहरूमा पनि चासो देखाएको छ । चिकित्सक र स्वास्थ्यकर्मीले समेत बेड नपाएको भन्दै अदालतले होटेल, मन्दिर, मस्जिद, चर्चलगायतलाई कोभिड सेन्टरका रूपमा प्रयोग गर्न आदेश दिएको दैनिक भास्करले जनाएको छ ।

सामाजिक सञ्जालमा गरिएका गुनासा सबै झुठ नहुने भन्दै अदालतले यस्ता गुनासा दबाउने काम नगर्न आदेश दिएको छ । केही दिनअघि यहाँको सरकारले कोभिड नियन्त्रणमा सरकार असफल रहेको, रिजाइन मोदी जस्ता ह्यासट्यागहरू ट्विटर र फेसबुकबाट हटाउन लगाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC