site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काेराेना कहर : बेड भरिएपछि दाङकाे बेलझुण्डीमा अस्पतालबाहिरै राखेर सङ्क्रमितकाे उपचार
Sarbottam CementSarbottam Cement

दाङ । दाङ बेलझुण्डीकाे कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामै राखेर उपचार गर्नुपर्ने अवस्था अ‍ाएकाे छ । बेडकाे अभाव भएपछि बरन्डा, कोलिया र भुईंमा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना गरिएकाे प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भुईंमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीकाअनुसार अस्पतालको बरान्डामा अहिले ६ जना बिरामीहरूको उपचार भइरहेको छ । प्रदेशस्तरीय कोरोना अस्पताल बेलझुण्डी कोरोना विशेष अस्पताल  बिरामीले भरिएपनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन । 

पटक-पटक अस्पतालकाे क्षमता बढाउने निर्णय भएपनि जनशक्तिको व्यवस्थापन हुन सकेकाे छैन । अहिले अस्पतालमा ४२ शैयामा चलिरहेको छ । 

Global Ime bank

अस्पतालको आन्तरिक व्यवस्थापनमा २५ बेडबाट ४२ बेड पुर्‍याएर उपचार गरिरहेकाे भएपनि कोरोनाका बिरामी दिनप्रतिदिन थपिदा बिरामीलाई भुईँमै राख्नुपरेको ओलीले बताए । "अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु," उनले भने, "यो समस्या पटक-पटक माथिल्लो निकायलाई जानकारी गराउदा समेत सुनुवाइ भएको छैन ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC