site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू एक चौथाई कर्मचारी राखेर सञ्चालन गर्ने सीसीएमसीको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोनाको जोखिम थप बढेको निष्कर्ष निकाल्दै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उनकाअनुसारका शुक्रबारको बैठकले उद्योगमा काम गर्ने कर्मचारीलाई कार्यस्थलमै खान बस्नको व्यवस्था गरेर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, बैठकले सरकारले यसअघि गरेका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गर्ने गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

Global Ime bank

यसैगरी पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC