बाह्रखरी
भर्खरै
sticky  ncell
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इजरायलमा  पर्व मनाउने क्रममा भागदौड, दर्जनौँको मृत्यु
बाह्रखरी - शुक्रबार, वैशाख १७, २०७८
Laxmi Bank
Laxmi Bank

जेरुसेलम । इजरायलमा यहुदीहरुको ल्याग बुमर पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । इजरायलको राष्ट्रिय आपत्कालीन सेवा मेगन डेभिड एडम (एमडीए)ले भने मृतकको यकिन संख्या सार्वजनिक गरेको छैन ।

उसका अनुसार ३८ घाइते गम्भीर अवस्थामा छन् भने ५९ जना घाइते भएका छन् । तर, भागदौडमा कम्तीमा ४४ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएका स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Rohto Landing

Agani Group

घाइतेहरुको उद्धारकार्य जारी रहेको छ । “एमडीए दर्जनौँ घाइतेहरुको उद्धारका लागि संघर्ष गरिरहेको छ । हरेक घाइतेको उद्धार नगरेसम्म हार मान्ने छैनौँ,” एमडीएले एक ट्विटमा लेखेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस घटनालाई ठूलो विपद् बताउँदै घाइतेहरुको कामनाका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार सुरुमा यहाँ एउटा संरचना भत्किएको बताइएको थियो । तर, पछि अधिकारीहरुले भागदौडका कारण घटना घटेको जनाएका छन् । प्रहरीका अनुसार सिँढीमा एक–दुईजना लड्दा अरु मानिस पनि लडेपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

sarbottam cement

इजरायलको उत्तरी क्षेत्रको माउन्ट मेरानको फेदीमा हजारौँ मानिसहरु पर्व मनाउन भेला भएका थिए । कोरोना महामारीका बाबजुद मनाउन लागिएको यो पर्व कोरोनाभाइरस देखिएयताकै भव्य रुपमा आयोजना गरिएको जनाइएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख १७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्