site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लकडाउनमा प्रकृतिकाे महत्व अझ बढी : अध्ययन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । लकडाउनका समयमा प्रकृति र हरियो वातावरणले नै मानिसहरूलाई सबैभन्दा बढी राहत दिलाएको अध्ययनले देखाएको छ । ४० प्रतिशतभन्दा धेरै मानिसहरूका लागि कोरोना भाइरस सम्बन्धी सुरक्षाका नियमहरू सुरु भएदेखि प्रकृति, वन्यजन्तु र स्थानीय हरिया वातावरणयुक्त क्षेत्र सुस्वास्थ्यका लागि पहिले भन्दा धेरै महत्वपूर्ण भएको पाइएको छ ।
 
अध्यनबाटप्राप्त तथ्याङ्क महामारीभर स्थिर रहेको नेचुरल इङ्ल्यान्डका सरकारी सल्लाहकारले बताए । महामारीको समयमा शारीरिक एवम् मानसिक सुस्वास्थ्यका लागि प्रकृतिमा बिताएको समय नै सबैभन्दा प्रभावकारी साबित भएको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । 

गत वर्ष हरियो वातावरण र प्रकृतिको भूमिकाबारे गरिएको अध्ययनअनुसार यिनै विभिन्न कारणले लकडाउनपश्चात् मानिसहरूले पहिले भन्दा ठूलो स्तरमा प्रकृतिसँग अन्र्तक्रिया गर्ने, त्यसको मूल्य बुझ्ने र व्यक्तिगत व्यहारमा समेत परिवर्तन आउन सक्ने देखिएको छ । तर महामारीले ल्याएका यस्ता बदलावहरू अस्थाइ मात्र हुन् या आगामी जीवनको नयाँ ट्रेन्ड हुनेछ भन्ने चाहिँ अझै थाहा नभएको रिपोर्टमा उल्लेख छ । 

अध्ययनहरूबाट अर्को के पनि पाइएको छ भने घरमा बगैँचा या नजिकै पार्क हुने मानिसहरूले त्यस्ता ठाउँको पहुँच नहुनेको तुलनामा बढी शान्त अनि धेरै ऊर्जा भएजस्तो महसुस गर्ने गर्दछन् । बगैँचामा रोपाइँ लगायत गर्नुले पनि मानिसहरूमा स्ट्रेस कम गराउने यसअघि पनि प्रमाणित भइसकेको छ । बोटबिरुवा सँग अन्र्तक्रिया गर्नुले हाम्रो ध्यान आफू र स्ट्रेसबाट हटाउने हुनाले नै दिमागबाट नकारात्मक भाव हट्ने अनुसन्धानकर्ता, डाक्टर लोरिन बताउँछिन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC