site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईश्वर पोखरेलसँगको भेटपछि धुर्मुस भावुक : टुहुरोजस्तो थिएँ, बोलाएर सोध्नुभो !
Ghorahi CementGhorahi Cement

काठमाडौं । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले सरकारको यथेष्ट सहयोगको जरुरत परेको बताएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भेट संवाद गर्दै धुर्मुसले नागरिकहरूको सहयोग, सद्भावले मात्रै क्रिकेट रंगशाला ठडिन गाह्रो भएकाले सरकारले नै सहयोग गनुपर्ने खाँचो औंल्याएका हुन् ।

भेटका क्रममा धुर्मुसले आफूहरू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको अभियानको एउटा अंग भएको जिकिर गरेका थिए ।

Agni Group

भेटका क्रममा धुर्मुस निकै भावुक भएको पोखरेलको सचिवालय बतायो । “म त टुहुरोजस्तो अनुभूत गरिरहेको थिएँ, बल्ल ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, हामीेले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबूढी रोएका छौँ,” धुर्मुसको भनाइ उद्धृत गर्दै पोखरेलको सचिवालयले भन्यो ।

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनलाई सहयोगको वचन दिएको सचिवालयले बताएको छ ।

Global Ime bank

“अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,” पोखरेलको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको धुर्मुसले बताएका थिए ।

रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले विश्वास व्यक्त गरेका थिए ।

“हाम्रो कुनै स्वार्थ छैन । विशुद्ध कलाकार हो । जे गरेका छौँ, राष्ट्रका लागि गरेका हौँ । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरूको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्,” भेटमा धुर्मुसले भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC