site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तिम क्वाटरफाइनल – आयोजक फ्रान्स भर्सेस अण्डरडग आइसल्याण्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, पेरिस । फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको अन्तिम क्वाटरफाइनलमा आइतबार राती आयोजक फ्रान्स र ‘अण्डरडग’ आइसल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । नेपाली समय अनुसार दुई टोलीबीचको खेल पौने १ बजे स्टे डी फ्रान्समा हुने छ । 
 
फ्रान्समा जारी १५ औँ सस्करणको युरोकपमा पोर्चुगल, वेल्स र जर्मनी सेमिफाइनल पुगिसकेको छ । र, आइतबार राती हुने आयोजक फ्रान्स र आइसल्याण्डबिचको बिजेता अन्तिम चारमा पुग्ने छ । अन्तिम क्वाटरफाइनलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागी विश्वकप बिजेता जर्मनीको सामना गर्ने छ ।
 
युरोकपको अन्तिम क्वाटरफाइनल खेल अन्य क्वाटरफाइनल जस्तै रोमान्चक हुने अपेक्षा गरिएको छ । किनकि युरोकपकै सफल टिम फ्रान्स र पहिलो सहभागितामै सनसनी नतिजा निकाल्दै आएको सानो राष्ट्र आइल्याण्ड खेल्दै छन् । त्यसैले अन्तिम क्वाटरफाइनलमा फ्रान्सलाई सानो प्रतिद्वन्द्वी भएपनि अण्डरडग आइल्याण्डविरुद्ध कठिन हुने अनुमान गरिएको छ ।
 
आइसल्याण्डविरुद्ध फ्रान्सले अहिलेसम्म ११ खेल खेलेको छ । जसमा ३ खेल बराबरी हुनु बाहेक अन्य ८ खेल फ्रान्सले जितेको छ । यस्तोमा कीर्तिमान तेस्रोपल्ट युरोकपको उपाधि जित्ने अभियानमा रहेको फ्रान्सलाई क्वाटरफाइनलमा बलियो टिम मानिएको छ र उसले ३ लाख ३० हजार मात्र जनसंख्या भएको देशलाई प्रतिद्वन्द्वी पाएको छ ।
 
तर, अन्तिम क्वाटरफाइनलमा आइसल्यान्डको सामना गर्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले इंग्ल्यान्डजस्तै सिकार हुनबाट जोगिन प्रयास गर्नेछन । पहिलोपल्ट ठूलो प्रतियोगिता खेलिरहेको आइसल्यान्डले अन्तिम १६ मा इंग्ल्यान्डलाई पराजित गर्दै इतिहास कायम गरेको थियो । त्यसैले पनि जसलाई पनि हराउन सक्ने अण्डरडग टोलि आइसल्याण्डले आफ्नो जितको संख्या थप्न सक्छ ।
यसपटक आइसल्याण्डलाई इन्ग्लिश प्रिमियर लिगमा लेस्टर सिटीको उपाधि सफलतासंग तुलना गरिदै आएको छ । इन्ग्लिश प्रिमियर लिगमा यस सिजन ठूला क्लबलाई पाखा लगाउदै लेस्टर सिटीले उपाधि जितेको थियो । र, अहिले आइल्याण्डको लय ठिक लेष्टर सितिकै जस्तो छ । यो कुरा फ्रान्स टोलीका खेलाडीले बुझेका छन् ।
 
“आइल्याण्ड यस युरो २०१६ मा लेष्टर सिटिजस्तै हुन,” फ्रान्सका राइट–ब्याक बाकारी साग्ना भन्छन , “उनीहरू त्यसका लागि योग्य छन् । उनीहरुको टिम स्तरीय छ र हामीले आइल्याण्डलाई बेवास्ता गर्नुहुन्न । किनकि नेदरल्यान्ड्स र चेक रिपब्लिक जस्ता ठूला टिमलाई हराएर उनीहरूले छनोटमै आफ्नो क्षमता देखाइसकेका छन् ।”
 
हुनपनि उत्तर एट्लान्टिक द्वीपको सानो टिम आइल्याण्डले समूह चरणको पहिलो खेलमा पोर्चुगल र दोस्रो खेलमा हंगेरीसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि समुह चरणको अन्तिम खेलमा अष्ट्रियालाई २–१ ले पराजित गरेको आइल्याण्डले अन्तिम १६ मा इंग्ल्यान्डलाई पनि त्यहि गोल अन्तरले पराजित गरेको थियो । त्यसैले आइसल्याण्डका संग्युक्त प्रशिक्षक हेइमिर हलग्रिम्सनले आफ्नो यात्रालाई लेष्टर सिटिकै जस्तो भएको बताउछन् ।
 
“फ्रान्स र आइसल्याण्डबीच ठूलो भिन्नता छ । यस खेलमा फ्रान्सलाई खेल गुमाउनु छैन र गुमायो भने फ्रान्स स्तब्ध हुनेछ,” प्रशिक्षक हलग्रिम्सनले भने, “हामीले ठूलो सपना देखेका छौ र हामीले राम्रो प्रदर्शन गर्नसके पनि आइसल्यान्डवासीलाई  खुसी मिल्नेछ । र, हामी युरोकप लेस्टर सिटिको जस्तै बनाउन चाहान्छौ ।”
 
यता, सन् १९८८ बाहेक सबै संस्करणमा फ्रान्सको उपस्थिति रहँदै आएको छ । त्यसमाथि यो पटक घरेलु मैदानमा फ्रान्सले युरोकप खेल्दै छ । सन् १९८४ मा मिचेल प्लाटिनीप्रेरित फ्रान्सले घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप जितेको थियो । त्यसपछि फ्रान्सले सन् २००० को युरो जितेको थियो । त्यसैले त घरेलु मैदानमा समर्थक खुसी पार्न लेस ब्लुजलाई आइल्याण्डविरुद्ध जित्नै पर्ने दबाब छ । 
तर, पछिल्ला ठुला प्रतियोगितामा भने फ्रान्सले जितलाई निरन्तरता दिन सकेको छैन । सन् २००८ र २०१२ को युरोकपमा फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । तर, घरेलु मैदानमा जारी युरो जित्दै लेस ब्लुज तेस्रो पटक युरोकप उपाधि जित्न चाहन्छ । जुन प्रशिक्षक डिडियर डेसच्याम्पको लागी अवसर पनि हो ।
 
फ्रान्सले समूह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो । अन्तिम १६ मा एन्टोनी ग्रिजम्यानले पछाडि परेको स्थितिबाट उल्टाएर गणतन्त्र आयरल्यान्डविरुद्ध जित दिलाएका थिए । तरपनि प्रशिक्षक डेसच्याम्पलाई आफ्नो टोलीको अन्तिम समयको प्रदर्शनमा चिन्ता व्यक्त गर्छन ।
 
“मेरा खेलाडीलाई राम्रोसँग थाहा छ कि आइसल्याण्ड भाग्यले मात्रै यहाँसम्म आइपुगेको होइन । उनीहरुको यो यात्रा योग्य छ । त्यसैले हामीले त्यसलाई कसरी रोक्ने भन्नेबारे सोच्नुपर्छ, “प्रशिक्षक डेसच्याम्पले भने, “तर, हाम्रो एउटा समस्या छ । त्यो हामी सुरुवात राम्रो गर्छौं तर अन्त्यतिर खराब खेल्छौँ । यो हामीले सुधार्नु पर्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७३  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC