site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियामा प्रवासीको संख्या पाँच वर्षयताकै कम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

सउल । दक्षिण कोरियामा विदेशी जनसंख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ ।

मंगलबार प्रकाशित एक सरकारी तथ्यांकानुसार पछिल्लो पाँच वर्षयता पहिलोपटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको संख्या कम भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको संख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो । उक्त संख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको स्ंख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो ।

त्यसैगरी, सन् २०१९ को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्यांकले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको संख्या १०.६ प्रतिशत छ । त्यसैगरी, थाइल्यान्ड र अमेरिकी नागरिकको संख्या क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

Global Ime bank

कोरोना महामारीका कारण कोरियामा रोजगारीमा कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो संख्या घट्नुमा कोरोना महामारीअघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC