site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मीनराज बसन्तको ‘मुदिर’ र सुमन घिमिरेको ‘मौनता’ बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । साहित्यको बजार चम्कँदै जान थालेपछि अचेल साता नै पिच्छे पुस्तक सार्वजनिक हुने क्रम बढिरहेको छ । आख्यानले साहित्यको बजारहिस्सा बढाउँदै लगेको बेला शनिवार राजनधानीमा केहि समानताबीच दुई उपन्यास सार्वजनिक भए । 
युवा उपन्यासकार मीनराज बसन्तको उपन्यास मुदिर र सुमन घिमिरेको मौनता राजधानीको दुुई फरक कार्यक्रममा विमोचन भयो । यी दुवै उपन्यासमा वैदेशिक रोजगारका कथाहरु पनि समावेश गरिएका छन् । दुवै विमोचनका लागि काठमाडौं आइपुुगेका हुन् । 
राजधानीको सर्वनाम थिएटरमा आयोजित मुदिर सार्वजनिक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भोगीराज चाम्लिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
वैदेशिक रोजगारीकै क्रममा खाडी मुलुकमा काम गरेर फर्केका मीनराजले पुुस्तकमा बैदेशिक रोजगारका पीडाहरु समावेश गरेका छन् । 
आख्यानकार पाण्डेले आफैसँग भएको अनुुभव पुुस्तकमा भएको बताए । उपन्यासमा दुःख, संघर्ष, पीडाहरु यथार्थरुपमा आएको बताउँदै पुस्तकको सफलता वा असफलताका लागि एक साता कुर्नुपर्र्ने बताए । 
त्यस्तै कार्यक्रममा निहारिकाले उपन्यासमा कहालीलाग्दो अवस्थालाई विषयबस्तु बनाएको बताइन् । यसमा बैदेशिक रोजगार र कामदारमाथी विदेशमा हुने अवस्थका विषयमा उठान गरिएको छ, उनले भनिन् ।
त्यसैगरि चाम्लिङले उपन्यासमा भाषिक सरलता उत्कृष्ट रहेको बताए । “यसमा पूर्वी ओखलढुङ्गाको आञ्चलिकतालाई पनि प्रयोगमा रूपमा समेटिएको छ,” उनले भने । विदेशमा मालिक र कामदारविचको सम्बन्ध र श्रमका विषयमा सरल भाषामा उतारिएको उनले बताए । 
अर्काे वक्ता संगीतश्रोताले खाडी मुलुकमा नेपाली कामदारले गरेको दुःख र त्यहि दुःखलाई उपन्यासमा देखिएको बताए । 
त्यसैगरि घिमिरेको उपन्यास मौनतालाई वरिष्ठ पत्रकार किशोर नेपाल, निबन्धकार तथा समीक्षक कुमारी लामा र उदय अधिकारीले संयुक्त रुपमा विमोचन गरेका थिए ।
पर्यटन व्यवसायी समेत रहेका घिमिरेको पुस्तक पर्यटन बोर्डको सभाहलमा भएको थियो । विमोचन कार्यक्रममा बोल्दै नेपालले मौनतामा सामाजिक विषय उठान भएको बताए । वैदेशिक रोजगारका विषयमा संवेदना मात्र आउने गरेको छ तर त्यति मात्र विषय नभएको भन्दै मौनतामा धेरै कुराहरु अटेको छ, उनले भने ।
समीक्षक लामाले मौनतामा नेपाली समाजभित्रको चरित्रलाई उपन्यासमा सफल रुपमा उतारेको भन्दै पुरुष पात्रलाई अत्यन्तै क्षमाशील रुपमा उभ्याउने प्रयास गरिएको बताइन् । महिला पात्र अमेरिकाको सडकमा आपतिजनक रुपमा भेटिँदा समेत पुरुष पात्रले क्षमा दिएका छन तर यो हाम्रो समाजमा हुन्छ कि हुँदैन, उनले प्रश्न गरिन् । 
त्यसैगरि अर्काे वक्ता अधिकारीले उपन्यासमा राजनीतिक, सामाजिक कुराहरू अटेको बताए । पात्रहरु घुम्दै कहाँ कहाँ पुुगेका छन त्यसैले यो टाभल उपन्यास पनि हो, उनले भने ।  
अध्ययन र व्यवसायका शिलशिलामा धेरै मुलुक पुुगेका घिमिरेले पुुस्तकमा आफुुले भोगेका कुराहरु पनि समावेश गरेको बताए ।
प्रकाशक संस्था गोरखा पब्लिकेसनका सञ्चालक लोकमणि पौडेलले नाम चलेका साहित्यकारभन्दा राम्रो साहित्यिक स्रष्टालाई अगाडि ल्याउन पहिलो पुुस्तक ल्याइएको बताए । 
उपन्यासकार घिमिरेको यो दोस्रो कृति हो। पाँच वर्षअघि उनले ‘मेरो बैंसको क्यालेण्डर’ कविताकृति ल्याएका थिए । मौनता उपन्यासको मूल्य ३३५ रुपैयाँ राखिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC