site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा चौबीस घण्टामा तीन लाख २३ हजारमा कोरोना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९७ हजार ८९४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २३ हजार १४४ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको तथ्यांक छ । 

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । 

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोरोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ । 

५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउने तयारी अधिकांश जिल्लाले गरिरहेका छन् । केही जिल्लामा लकडाउन सुरु भइसकेको छ । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ । कोरोनाका कारण तीन हजार १९४ संक्रमितको मृत्यु भइसकेको छ । 

नेपालमा हालसम्म तीन लाख सात हजार ९२५ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC