site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले एष्ट्राजेनिका खोपको ६ करोड डोज अन्य देशलाई बाँड्ने
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले कोरोनाभाइरसविरुद्ध एष्ट्राजेनिका खोपको ६ करोड डोज अन्य देशलाई वितरण गर्ने भएको छ । भारतलगायत देशहरुमा संक्रमण तीव्र रुपमा बढेपछि अमेरिकाले अन्य देशहरुलाई खोप बाँड्ने जनाएको हो ।

भारतमा संक्रमितको संख्या बढेसँगै अमेरिकाले यसअघि नै भारतलाई औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ उपलब्ध गराउने जनाइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघीय सुरक्षा समीक्षापश्चात आगामी महिनामा खोप निर्यात गरिने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार आगामी हप्तासम्म यहाँको खाद्य तथा औषधि नियामक निकाय (एफडीए)ले खोपको समीक्षा गरेपछि एक करोड डोज खोप वितरण गरिनेछ । बाँकी ५ करोड खोप भने उत्पादनको चरणमा रहेको जनाइएको छ । अन्य देशहरुमा खोप अभाव भइरहँदा अमेरिकाले खोप सञ्चय गरेर राखेको भन्दै उसको आलोचना भइरहेको थियो ।

Global Ime bank

गत महिना राष्ट्रपति जो बाइडेनले एष्ट्राजेनिकाको करिब ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ती दुवै देशले यो खोपलाई प्रयोगको अनुमति दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC