site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पचास लाखभन्दा धेरै अमेरिकीले लगाएनन् कोरोना खोपको दोस्रो डोज
Sarbottam CementSarbottam Cement

वासिङ्टन । लाखौँ अमेरिकी नागरिकले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा नलगाएको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)काअनुसार खोपको पहिलो मात्रा लगाएका ५० लाख बढीले दोस्रो मात्रा लगाएका छैनन् ।

उनीहरूले दोस्रो मात्रा नलगाउनुमा विविध कारण रहेको सीडीसीले जनाएको छ । तीमध्ये केहीले खोपको साइड इफेक्टको डरका कारण त केहीले सुरक्षाका लागि पहिलो मात्रा नै पर्याप्त रहेको महसुस भएपछि दोस्रो मात्रा नलिएको बताएका टाइम्स अफ इन्डियामा समाचार प्रकाशित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धेरै अमेरिकी राज्यका अधिकारीहरूले फोन तथा मेसेजमार्फत् नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लिन स्मरण गराइरहेका छन् ।

खोपको पहिलो डोज मात्र लिनेको तुलनामा दुवै डोज लिनेहरू बढी सुरक्षित हुने परीक्षणबाट प्राप्त नतिजाहरूले देखाएका समाचारमा उल्लेख छ ।

Global Ime bank

अमेरिकामा कोरोना भाइरस संक्रमणदर बढीरहेको भए पनि खोप लगाउनेको संख्यामा कमि आएको जनाइएको छ । शनिबार मात्र यहाँ ५० हजारबढीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC