site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२०० संक्रमित नाघेका पहाडी जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार डीसीसीएमसीलाई, परीक्षा अनिश्चितकालसम्म बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५०० संक्रमित नाघेका सहरी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई अधिकार दिइएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सोही निष्कर्ष निकालेको थियो । पाँच सय संक्रमित नाघेका सहरी क्षेत्र, २०० संक्रमित नाघेका पहाडी जिल्लामा निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकाल्दै सिफारिस गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई सदर गरेको हो । सीसीएमसीकै निष्कर्षअनुरूप उपत्यकालगायत कतिपय ठाउँहरूमा निषेध आदेश जारी भइसकेको छ । उपत्यकाका तीनै जिल्लामा १६ गते बिहान ६ बजेदेखि एक सातासम्म निषेध आदेश जारी गरिएको छ ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका परीक्षा अनिश्चितकालसम्म रोक्ने निर्णय भएको अर्यालले बताइन् । उनकाअनुसार हवाइ उडान रोक्ने निर्णय भएको छैन । त्यसलाई व्यवस्थित गर्ने, जनस्वास्थ्य प्रोटोकल पालना भएनभएको अनुगमन गरिने उनले बताइन् । सीमा नाकालाई पनि व्यवस्थित गर्ने, आवागमन रोक्नुपर्ने ठाउँमा स्थानीय प्रशासनलाई नै त्यसको अख्तियारी दिने, हेल्थ डेस्कलाई व्यवस्थित बनाउने आदि निर्णय भएको उनले बताइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC