site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ । 
हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको तथ्यांक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । 

Global Ime bank

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउँदै आएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । ५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा सरकारले निषेधाज्ञा लगाउने तयारी गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC