site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा भेटियो कोरोनाको नयाँ स्ट्रेन, एक घण्टासम्म हावामा रहन सक्ने
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकामा तीव्र रूपमा फैलिन सक्ने कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएको छ । एक घण्टासम्म हावामा रहन सक्ने र तीव्र रूपमा फैलिने नयाँ भेरियन्ट भेटिएको श्री जयबर्धनपुरा विश्वविद्यालयको प्रतिरक्षा तथा आणविक विज्ञान विभागकी प्रमुख निलिका मलाविगेले बताइन् ।

“कोरोना भाइरसको यो भेरियन्ट श्रीलंकामा अहिलेसम्म पाइएको भेरियन्टमध्ये सबैभन्दा छिटो सर्ने हुने खालको छ । नयाँ स्ट्रेनले हावाबाट फैलने र झण्डै एक घण्टासम्म हावामा रहने क्षमता राख्छ,” मलाविगेलाई उदृत गर्दै इन्डिया टुडेले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ वर्षको अवसरमा आयोजना गरिएका कार्यक्रमहरूका कारण नयाँ स्ट्रेन तीव्र रूपमा फैलिरहेको यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । आगामी २–३ हप्ताभित्रमा स्थिति भयावह हुनसक्ने भन्दै जनस्वास्थ्य निरीक्षक उपुल रोहानाले चिन्ता व्यक्त गरेका छन् ।

खतरनाक स्ट्रेन भेटिएसँगै यहाँको स्वास्थ्य मन्त्रालयले कम्तीमा आगामी मे ३१ सम्म लागु हुनेगरी स्वास्थ्यका कडा मापदण्ड तयार गरेको छ । नयाँ मापदण्डअनुसार संस्थाहरूलाई आधा क्षमतामा मात्र सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि कार्य नगर्न निर्देशन दिइएको समाचारमा जनाइएको छ । इन्डिया टुडेबाट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC