site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३५ बेडको अस्पतालमा ४२ संक्रमित
Ghorahi CementGhorahi Cement

दाङ । दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँचजनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर राखिएको छ । अस्पतालमा हाल ३५ बेड रहेको छ ।

दैनिक १७ देखि २० संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ ।

Agni Group

अस्पतालको अति आवश्यक खर्च प्रतिमहिना एक करोड सात लाख ९० हजार ५०० रुपैयाँ हाराहारीमा भइरहेको वलीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए ।

“हामी ऋणमा काम गरिरहेका छौँ । अहिले अक्सिजनको अभाव हुन थालेको छ,” उनले भने, “समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जानसक्छ ।”

Global Ime bank

बेड खाली नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए । अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्नेमा थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनको भनाइ छ ।

बेलझुन्डीलाई प्रदेशस्तरको अस्पताल मानेर दाङलगायत छिमेकी जिल्लाका बिरामी राख्ने योजना भए पनि अहिले दाङकै बिरामी अटाउन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC