site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रतिबन्धविरुद्ध इरानले लगायो ईयूमाथि मानवअधिकार उल्लंघनको आरोप
Sarbottam CementSarbottam Cement

तेहरान । युरोपेली संघ (ईयू)ले इरानमा मानवअधिकारको दोहोरो मापदण्ड तय गरेको भन्दै ईयू परिषद्लाई पत्र लेखेको छ । परिषद्लाई औपचारिक पत्र लेख्दै इरानको मानवअधिकार उच्च परिषद्ले इरानी अधिकारी र संस्थामाथिको प्रतिबन्धलाई ईयूको दोहोरो मापदण्ड भनेको अलजजिराले जनाएको छ ।

सन् २०१९ नोभेम्बरमा भएको प्रदर्शनमा हिंसात्मक हस्तक्षेप गरेको भन्दै ईयूले इरानका आठ सैन्य र प्रहरी अधिकारी एवम् तीन कैदीबन्दीमाथि प्रतिबन्ध लगाएको थियो । ईयूले मानवअधिकार उल्लंघन गरेको आरोपमा हालसम्म ८९ इरानी अधिकारी र चार संस्थामाथि प्रतिबन्ध लगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिबन्धले खाना र औषधि आयातमा मात्र नभई कोरोनाभाइरसविरुद्धको खोपको भुक्तानीमा समेत असर परेको पत्रमा उल्लेख गरिएको छ । इरानी बालबालिका, महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा ‘असक्षम’ रहेकाको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी ईयूले नियतवश प्रतिबन्ध लगाएको इरानको आरोप छ ।

ईयूका धेरै देशहरुले इरानसँग औषधि, मेडिकल सामग्री र खोपलगायत बिक्री गर्न अस्वीकार गरेको जनाउँदै इरानले मानवअधिकार उल्लंघनको दाबी गर्ने युरोपेलीहरु नै मानवअधिकार उल्लंघनमा दोषी रहेको आरोप लगाएको हो ।

Global Ime bank

इरानमा मानवअधिकारको दोहोरो मापदण्डका लागि ईयूलाई जवाफदेही बनाउने उद्देश्यले पत्र लेखिएको भन्दै इरानले मानवअधिकार, आतंकवाद, लागुऔषध, शरणार्थीलगायत विषयमा ईयूसँगको वार्तालाई तत्काल स्थगित गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC