site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार संकटको ‘रचनात्मक समाधान’ खोजिनुपर्नेमा आसियानका नेताहरु सहमत
Sarbottam CementSarbottam Cement

जकार्ता । दक्षिण–पूर्वी एसियाका नेताहरुले म्यानमारमा जारी संकट रचनात्मक रुपमा समाप्त गरिनुपर्नेमा सहमति जुटेको बताएका छन् । इन्डोनेसियामा सम्पन्न दक्षिण–पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान)को बैठकपछि नेताहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

शनिबार भएको आसियनको शिखर बैठकमा म्यानमारका सेनाप्रमुख मिन आङ हेइङ पनि सहभागी भएका द गार्जियनले जनाएको छ । सम्मेलनपछि एक विज्ञप्ति जारी गर्दै नेताहरुले हिंसा अन्त्य गरी रचनात्मक छलफललाई अघि बढाउने सहमति भएको जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्बन्धित सबै पक्षसँग छलफल गर्न समूहले म्यानमारमा एक विशेष दूत नियुक्त गर्ने र घाइतेहरुलाई मानवीय सहायता प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । यद्यपि, सम्झौतामा यो योजना कार्यान्वयन हुने समयसीमा निर्धारण गरिएको छैन । न त सेनाद्वारा भएको नागरिक हत्या वा हिरासतमा रहेका राजनीतिक बन्दीको रिहाइको विषयलाई नै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मेलनले गरेको यो प्रयास नै म्यानमार संकटको समाधान खोज्नका लागि भएको पहिलो अन्तर्राष्ट्रिय प्रयास हो । सम्मेलनमा सहभागी मलेसियाका प्रधानमनत्री मुहिद्दिन यासिनले बैठक आफूहरुले अपेक्षा गरेभन्दा निकै फलदायी रहेको प्रतिक्रिया दिए ।

Global Ime bank

म्यानमारमा मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्रयुजले आसियानका विशेष दूतसँग काम गर्न र शिखर सम्मेलनको परिणामको पर्यवेक्षण गर्न आफू निकै उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।

गएको फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेयता म्यानमार सैन्य जुन्टाले कम्तीमा ७४८ आम नागरिकको हत्या गरिसकेको मानवअधिकारसम्बन्धी संस्थाहरुले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC