site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २४ हजार १०३ संक्रमित थपिएका बीबीसी हिन्दीले जनाएको छ । 

चौबीस घण्टामा दिल्लीमा २२ हजार ६९५ संक्रमित निको भएको तथ्यांक छ । दिल्लीमा हालसम्म १३ हजार ८९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा २ हजार ६२४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४४ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको तथ्यांक छ । 

Global Ime bank

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्चस्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC