site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको उत्तराखण्डमा हिमताल फुट्दा आठजनाकोे मृत्यु, कैयौँ घाइते
तस्बिर : रोयटर्स टीभीबाट ।
Sarbottam CementSarbottam Cement

चमोली । भारत, उत्तराखण्डको चमोलीमा हिमताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।

चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यकानजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे । उनले घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र ६ घाइतेको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उनले बताए । घटनापछि विभिन्न स्थान फसेका करिब ४०० व्यक्तिलाई उद्धार गरिएको पनि उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमताल फुटेपछि नजिकै सडक निर्माणमा खटिएका कामदारका दुई शिविरमा असर परेको थियो । हिमताल शुक्रबार अपरान्ह्तिर (करिब ४ बजे) फुटेको भए पनि खराब मौसमका कारण शुक्रबार बेलुका उद्धारका लागि कठिनाइ भएको भारतीय सेनाले जनाएको छ । शनिबार बिहानैदेखि उद्धारको काम भएको र अहिले पनि अरु केहीको मृत्यु भएको हुन सक्ने आशंकामा खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमताल फुटेर आएको बाढी तथा पहिरोका कारण सो क्षेत्रको सडक सञ्जालमा अवरोध आएको छ । चमोलीमा फेब्रुअरीमा पनि हिमताल फुटेर बाढी आउँदा कम्तीमा ७० जनाको ज्यान गएको थियो । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC