site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा जोन्सन एन्ड जोन्सनमाथिको प्रतिबन्ध हट्योे
Sarbottam CementSarbottam Cement

वासिङ्टन । रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एन्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ ।

अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जोन्सन एन्ड जोन्सनको खोप लगाएका करिब ८० लाखमध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि यही अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्षमुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो ।

युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एन्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्यान्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तीमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एन्ड जोन्सन कम्पनीले जनाएको छ ।

Global Ime bank

अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानि अत्यधिक कम भएको र यसबाट लाभ लिनेको संख्या धेरै भएकोले खोप रोक्न नहुने निष्कर्ष निकालिएको अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले उल्लेख गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC