site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना नियन्त्रणका लागि भारतलाई सहयोग गर्न तयार रहेको चीनको प्रतिक्रिया
तस्बिर : एजेन्सी
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । चीनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि भारतलाई आवश्यक सहायता प्रदान गर्न आफू तयार रहेको जनाएको छ । कोरोना महामारीका कारण भारतमा अक्सिजन अभाव भएर गम्भीर संक्रमितको मृत्यु हुन थालेपछि चीनले सहयोग गर्ने बताएको हो ।

कोभिड–१९ लाई मानव जातीकै साझा शत्रु बताउँदै चिनियाँ विदेश मन्त्रालयले यसको सामना गर्न अन्तर्राष्ट्रिय समुदायबीच आपसी सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ । भारतमा देखिएको महामारी नियन्त्रणमा आवश्यक मेडिकल सामग्री अभावले निम्त्याएको गम्भीर अवस्थालाई चीनले ध्यान दिएको मन्त्रालयले जनाएको छ ।

Agni Group

गत हप्ता भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट अक्सिजन आयात गर्ने बताएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । यद्यपि भारतले अक्सिजन आयात गर्ने देशको सूचीमा चीनलाई नराखेको मन्त्रालय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । भारतले सिंगापुर र खाडीबाट अक्सिजन किन्ने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ ।

बिहीबार मात्र भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको तथ्यांकअनुसार गएको २४ घण्टामा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC