विदेश
वासिङ्टन । अमेरिकी सिनेटले कोभिड–१९ महामारीको बेला एशियाली–अमेरिकीविरुद्ध हुने घृणाजन्य अपराध रोक्न एउटा विधेयक पारित गरेको छ ।
बिहीबार सिनेटमा भएको मतदानले ९४–१ मतअन्तरले विधेयक पारित भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
उक्त विधेयकमाथि अब माथिल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा मतदान हुनेछ ।
“यो विधेयक पारित गरेर हामी एशियाली–अमेरिकी समुदायलाई सरकारले ध्यान दिइरहेको सन्देश दिन चाहान्छौं,” न्यूयोर्कका डेमोक्राटिक सिनेटर चक स्कुमरले बताए । न्यूयोर्क सबैभन्दा धेरै एशियाली विरोधी घृणाजन्य हिंसा हुने राज्य हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १४:४६
प्रतिक्रिया दिनुहोस्